Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा जीप दुर्घटनामा १४ जना घाइते, चार गम्भीर

२०७५, ३ श्रावण बिहीबार ०२:२३

साउन ३, बागलुङ । बागलुङ बजारदेखि बुर्तिबाङका लागि छुटेको ध १ ज १४९ नंको जीप गलकोट नगरपालिका–११ रिघामा बुधबार साँझ दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । 

घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गको नालीमा पल्टिएर जीप दुर्घटनाग्रस्त भएको इलाका प्रहरी कार्यालय, हरिचौरका प्रहरी नायब निरीक्षक मनबहादुर विकले बताउनुभयो । 

दुर्घटनामा परी गम्भीर घाइते हुनेमा बडीगाड गाउँपालिका–५ कि संगीता पुन, वडा नं ९ का दिलेन्द्र बुढामगर, गलकोट नगरपालिका–१० का दीपक पुन र नेपाल पत्रकार महासंघका निवर्तमान महासचिव ढोरपाटन नगरपालिका–४ का उजिर मगर छन् । गम्भीर घाइतेसहित अन्य चारजना घाइतेलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पतालमा पठाइएको छ । 

घाइतेमध्ये म्याग्दीको बेनी नगरपालिका–३ कि तिर्सना छन्त्याल, सोही ठाउँकी कल्पना छन्त्याल, बडीगाड गाउँपालिका–९ का सुमन बुढामगर, काठेखोला गाउँपालिका–३ धम्जाका टीकाराम नेपालीलाई पनि थप उपचारको लागि पोखरा पठाइएको हो । 

दुर्घटनाका घाइते निसीखोला गाउँपालिका–४ का मकर थापा, नवलपरासीका राजकुमार श्रेष्ठ, बडीगाड गाउँपालिका–३ का कृष्ण थापा, वडा नं ६ का लोकबहादुर खत्री, ढोरपाटन नगरपालिका–९ कि मञ्जु कार्की र उहाँकी छोरी रञ्जिता कार्कीको गलकोट नगरपालिका–३ स्थित आरोग्य अस्पतालमा उपचार भइरहेको छ । 

क्षमताभन्दा बढी यात्रु बोकेका कारण अनियन्त्रित भई जीप दुर्घटना भएको हुनसक्ने प्राररम्भिक अनुमान गरिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इप्रका हरिचौरका प्रनानि विकले जानकारी दिनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ