2026-09-19 01:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

मध्यपहाडि लोकमार्गको गल्कोट अर्लेखोलामा जिप दुर्घटना पत्रकार उजिर मगर सहित ४ जनाको अवस्था गम्भिर

कमल पौडेल, साउन ३, बागलुङ । मध्यपहाडि लोकमार्ग अन्तरर्गत गल्कोट नगरपालिका वडा नं. ११ अर्ले खोलामा वुधवार साँझ यात्रुवाहक जिप दुर्घटना हुँदा पत्रकार उजिर मगर सहित १४ जना घाइते भएका छन्। बागलुङ बाट वुर्तिवाङ तर्फ जाँदै गरेको ध १ ज १४९ नं. को जिप मा सवार १४ जना नै घाइते भएको र ४ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ। प्रहरीका अनुसार ढोरपाटन नगरपालिका वडा नं. ४ का ४१ वर्षिय उजिरसिंह मगर, काठेखोला गाउँपालिका ३ धम्जाका २७ वर्षिय चालक टिकाराम नेपाली, बडिगाड ५ का २३ वर्षिय संगिता पुन, गल्कोट नगरपालिका वडा नं. १० का २३ वर्षिय दिपक पुन को अवस्था गम्भिर भएकोले पोखरा पठाइएको वताइएको छ। सामान्य घाइतेहरुमा बडिगाड गाउँपालिका वडा नं. ७ का २७ वर्षिय लोक वहादुर खत्रि, वडा नं. ९ का २२ वर्षिय सुमन वुढामगर, २० वर्षिय डिलेन्द्र मगर, वडा नं. २ का ५० वर्षिय कृष्ण थापा, निसिखोला गाउँपालिका वडा नं. ७ का वर्ष ४० का मकर थापा, नवलपरासी कावासोती नगरपालिका वडा नं. १५ का वर्ष ३२ का राजकुमार श्रेष्ठ, म्याग्दी वेनी नगरपालिका वडा नं. ३ का वर्ष २८ का कल्पना छन्त्याल, वर्ष २४ को तिर्सना छन्त्याल, ढोरपाटन नगरपालिका को वर्ष २१ को मञ्जु कार्की र उनकै छोरी वर्ष २ को रञ्जीता कार्कि रहेको प्रहरी नायव निरिक्षक मन वहादुर वि.क.ले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो