Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

मध्यपहाडि लोकमार्गको गल्कोट अर्लेखोलामा जिप दुर्घटना पत्रकार उजिर मगर सहित ४ जनाको अवस्था गम्भिर

By साझासवाल

<p>कमल पौडेल, साउन ३, बागलुङ । मध्यपहाडि लोकमार्ग अन्तरर्गत गल्कोट नगरपालिका वडा नं. ११ अर्ले खोलामा वुधवार साँझ यात्रुवाहक जिप दुर्घटना हुँदा पत्रकार उजिर मगर सहित १४ जना घाइते भएका छन्। बागलुङ बाट वुर्तिवाङ तर्फ जाँदै गरेको ध १ ज १४९ नं. को जिप मा सवार १४ जना नै घाइते भएको र ४ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ। प्रहरीका अनुसार ढोरपाटन नगरपालिका वडा नं. ४ का ४१ वर्षिय उजिरसिंह मगर, काठेखोला गाउँपालिका ३ धम्जाका २७ वर्षिय चालक टिकाराम नेपाली, बडिगाड ५ का २३ वर्षिय संगिता पुन, गल्कोट नगरपालिका वडा नं. १० का २३ वर्षिय दिपक पुन को अवस्था गम्भिर भएकोले पोखरा पठाइएको वताइएको छ। सामान्य घाइतेहरुमा बडिगाड गाउँपालिका वडा नं. ७ का २७ वर्षिय लोक वहादुर खत्रि, वडा नं. ९ का २२ वर्षिय सुमन वुढामगर, २० वर्षिय डिलेन्द्र मगर, वडा नं. २ का ५० वर्षिय कृष्ण थापा, निसिखोला गाउँपालिका वडा नं. ७ का वर्ष ४० का मकर थापा, नवलपरासी कावासोती नगरपालिका वडा नं. १५ का वर्ष ३२ का राजकुमार श्रेष्ठ, म्याग्दी वेनी नगरपालिका वडा नं. ३ का वर्ष २८ का कल्पना छन्त्याल, वर्ष २४ को तिर्सना छन्त्याल, ढोरपाटन नगरपालिका को वर्ष २१ को मञ्जु कार्की र उनकै छोरी वर्ष २ को रञ्जीता कार्कि रहेको प्रहरी नायव निरिक्षक मन वहादुर वि.क.ले जानकारी दिनुभएको छ।</p>