पढ्न करिब 2 मिनेट लाग्छ

राम नारायण पंडित, साउन ३, सिरहा । मिर्चैया प्रहरीले पचीस सय लिटर अबैध घरेलु मदिरा नष्ट गरेका छन् । अवैध घरेलु मदिरा नियन्त्रण अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक कैलाश चौधरीको कमाण्डमा बुधबार खटिएको प्रहरीको गस्ति टोलीले मिर्चैया नगरपालिका बडा नं. ७ फुलबरीयामा अबैध रुपमा संचालित ५ वटा घरेलु मदिरा भट्टीलाई नियन्त्रणमा लिई २५ सय लिटर कच्चा पदार्थ र तयारी मदिरा नष्ट गरेका छन् ।

घरेलु मदिराले समाजमा सुरक्षा लगायत अन्य सामाजिक बाताबरणमा खल्ल पु¥याउने देखिएकोेले बरामद गरी नष्ट गर्न अभियान नै सुरु गरीएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) दिपेन्द्र शाहले बताए । घरेलु मदिराले महिला हिंसा बढ्ने र समाजमा अवाञ्छित क्रियाकलाप हुने भएको कारणले घरेलु मदिरा उत्पादनमा नियन्त्रण कायम गर्न आवश्यक रहेको उनले स्पष्ट गरे । उनले भने, “निरन्तर अभियान चलाएर घरेलु मदिराको उत्पादन र बेचबिखनमा नियन्त्रण गर्छै ।” घरेलु मदिरा बेचेरै कसैको दैनिकी चलेको भएपनि अब अन्य व्यावसाय गरी आत्मनिर्भर बन्नतिर लाग्नुपर्ने भन्दै घरेलु मदिरा उत्पादनमा रोक लगाएरै छाड्ने डिएसपी शाहले दाबी गरे ।

सीमावर्ती भारतको विहार राज्यमा त्यहाँको सरकारले मदिरा किनबेच र सेवनमा प्रतिबन्ध लगाएपछि भारतीय ग्राहकलाई लक्षित गरी यहाँ घरेलु मदिरा उत्पादनमा बृद्धि भएको बताईएको छ । चुरे डाँडादेखि सीमावर्ती क्षेत्रसम्म घरेलु मदिरा उत्पादन भइरहेको श्रोतको भनाई रहेको छ ।