२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

शैक्षिक सुधारका लागि प्रवासीको १३ लाख सहयोग

२०७२, ४ फाल्गुन मंगलवार १४:५८

कृष्ण कँडेल/ फागुन ४, गलकोट । कामको शिलशिलामा वेलायतमा रहेका प्रवासी गलकोटे तथा अन्य नेपालीबाट नेपाल उच्च माध्यमिक विद्यालय तारालाई १३ लाख भन्दा धेरै आर्थिक सहयोग भएको छ । तारा गाविसको वडा नम्वर–८ स्थायि घर भई अहिले वेलायत रहनुभएका दिनेश घर्तीको सक्रियतामा संकलन भएको १३ लाख ६८ हजार सहयोग गरिएको हो ।

सहयोग रकम मध्य ८ लाखको अक्षयकोष स्थापना गरिएको र त्यसबाट प्राप्त हुने व्याजले विद्यालयमा शैक्षिक तथा भौतिक सुधारका काम गरिने प्रधानाध्यापक भिमनाथ सुवेदीले जानकारी दिनुभयो । अक्षयकोषको व्याजबाट प्रत्यक बर्ष विद्यालयको अत्यावश्यक क्षेत्र पहिचान गरि शैक्षिक तथा भौतिक सुधारको काम गरिने सुवेदीको भनाई छ ।

बाँकी ५ लाख ६८ हजार बरावरको विभिन्न सामग्री विद्यालयलाई प्रदान गरिएको सहयोग संकलन समितिका संयोजक घर्तीले जानकारी दिनुभयो । विद्यालयलाई १० थान कम्प्युटर तथा १÷१ थान मल्टिमिडिया प्रोजेक्टर, ल्यपटप, प्रिन्टर तथा थान भालिवल र नेट प्रदान गरिएको छ । विद्यालयका पुर्वविद्यार्थी समेत रहनुभएका घर्तीले ग्रामिण ठाउँमा रहेको विद्यालयमा कम्प्युटर प्रविधिबाट गुणस्तरिय शिक्षा दिनका लागि सहयोग गरेको बताउनुभयो ।

शिक्षक जीतबहादुर खत्रीले विद्यालयमा कक्षा ६ देखि नै कम्प्युटर शिक्षा अनिवार्य रहेपनि विद्यालयमा अहिले ८ ओटा मात्र कम्प्युटर रहेकोमा अव एकै पटक १८ जना विद्यार्थीलाई सिकाउन सजिलो हुने बताउनुभयो । खत्रीले प्रोजेक्टर, ल्यापटप र प्रिन्टर पनि सहयोग भएकाले विद्यार्थीलाई प्रविधिमा आधारित शिक्षा दिन सकिने भन्दै खुसी व्यक्त गर्नुभएको छ । सहयोग रकम शिक्षाको गुणस्तरमा खर्चहोस् भन्ने चाहेको सहयोग संकलन अभियानका संयोजक तथा विद्यालयका पुर्वविद्यार्थी दिनेश घर्तीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !