कुश्मा / गाउँमा खेत रोप्ने चटारो अझै छ । दिनभरी खेत रोपेर फर्किएका थिए जलजला–८, लस्तीस्थित बरनेटाको बमबहादुर परियारको परिवार । साउने संक्रान्तिमा लुतो फालेर ११ बजे सुतेका उनीहरु बिहान मुख समेत देख्न नपाइकन छोरा गुमाउन बाध्य भए ।

सुत्ने बेलाम"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कुश्मा / गाउँमा खेत रोप्ने चटारो अझै छ । दिनभरी खेत रोपेर फर्किएका थिए जलजला–८, लस्तीस्थित बरनेटाको बमबहादुर परियारको परिवार । साउने संक्रान्तिमा लुतो फालेर ११ बजे सुतेका उनीहरु बिहान मुख समेत देख्न नपाइकन छोरा गुमाउन बाध्य भए ।

सुत्ने बेलाम"/>

२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जलजला पहिरोले निद्रामै निल्यो बिकासको जीवन

२०७५, ३ श्रावण बिहीबार ०३:४८

कुश्मा / गाउँमा खेत रोप्ने चटारो अझै छ । दिनभरी खेत रोपेर फर्किएका थिए जलजला–८, लस्तीस्थित बरनेटाको बमबहादुर परियारको परिवार । साउने संक्रान्तिमा लुतो फालेर ११ बजे सुतेका उनीहरु बिहान मुख समेत देख्न नपाइकन छोरा गुमाउन बाध्य भए ।

सुत्ने बेलामा सामान्य पानी परेको थियो । वर्षायामको समयमा परेको वर्षालाई सामान्य जस्तै मानेर दिनभरीको कामले थकान भएका उनीहरु मस्त निद्रामा थिए । वर्षा बढ्दै गएपछि घर माथिको ढिस्कोबाट खसेको पहिरोले घर नै पुरियो । गड्याङगुडुङको आवाज आएपछि राति एक बजे बमबहादुर र उनकी श्रीमती घर बाहिर निस्कन सफल भए तर घरभित्रको माथिल्लो खाटमा सुतेका छोरा विकास परियार भने पहिरोले पुरिए । भर्खर कमाइ गर्न थालेको छोरो पहिरोले पुरिएपछि बमबहादुरको परिवारमा ठूलो बज्रपात परेको छ ।

अध्यारोमा आफ्नै ज्यान जोगाउन मुस्किल भएपछि बाहिर निस्केर विकासलाई ठूलो स्वरमा चिच्चाएर बोलाए तर उनी निद्रामै भएकाले सुनेनन् जतिबेला उनलाई पहिरोले पुरिसकेको थियो । बमबहादुरका २ वटा छोरा छन् । जसमध्ये विकास जेठा हुन् भने अर्का विद्यालय पढ्दै छन् ।

त्यसपछि पहिरोले पुरै घर पुरेकाले विकास पनि पुरिएका थिए । उनको शव बिहान सुरक्षाकर्मी र स्थानीयवासीको पहलमा पहिरो पन्छाएपछि मात्र भेटिएको थियो । विपन्न तथा सुकुम्बासी परिवारका  विकास ट्याक्टर चालक हुन । दिनभरी ट्याक्टर चलाएर फर्किएका उनी सुतेकै ठाउँमा चीर निद्रामा परे । पहिरोका कारण बमबहादुरको मात्र हैन स्थानीय विपन्न परिवारका अन्य १४ घरमा पूर्ण रुपमा क्षति पुगेको छ । बिहान हेर्दा पहिरोले असर नगरेको कुनैपनि घर नरहेको वडा नं. ८ का वडाध्यक्ष हरिविकास जिसीले बताए । गाउँको इमान्दार तथा भविष्यमा आशालाग्दो युवालाई पहिरोले पुरेर ज्यान गुमाएपछि सिंगो दलित बस्ती शोकमा डुबेको छ ।

पहिरोका कारण ज्यान गुमाएका विकासको परिवारलाई घटनास्थलमै पुगेर प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल र जिल्ला समन्वय समितिका प्रमुख मनोहर बी पौडेलले रु. एक लाख रुपैयाँ राहत प्रदान गरेका छन् । विकासको शव जिल्ला अस्पतालमा पोस्टमार्टम गर्न ल्याइएको भएपनि गर्नुनपर्ने भन्दै परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

अन्नपुर्णपोष्टबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना