Skip to content
Friday, July 17, 2026 Nepali Online Media

महोत्तरीमा एक महिलाको हत्या, दुईजना पक्राउ

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन ३, गौशाला | महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–१, ढेकहा गाउँमा हिजो साँझ एक महिलाको हत्या भएको छ ।

हत्या हुनेमा पिपरा गाउँपालिका–१, ढेकहा गाउँ बस्ने श्याम महतोकी ३० वर्षीया पत्नी रीता देवी रहेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार जीउभरि निलडाम र चोटपटक लागेको अवस्थामा हिजो साँझ रीता देवीको शव उनको आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेको हो ।

स्थानीय छिमेकीसँग प्रहरीले सोधपुछ गर्दा रीता देवीकी सासू मन्तोरिया देवी र नन्द शान्तिदेवीसँग उनको ठूलो झगडा परेको तथा सासू र नन्दले रीतालाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए । तर स्थानीयले रीता कसरी घरमा झुण्डिइन् वा झुण्डयाइएको हो र उनको मृत्यु कुटपिटबाट भएको वा अन्य कुनै कारणबाट भएको भन्नेबारे जानकारी नरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।

यता प्रहरीले रीताको मृत्यु कुटपिटबाट भएको हुनसक्ने आशंका गर्दै अनुसन्धानका लागि मृतक रीताकी सासू मन्तोरिया देवी र नन्द शान्तिदेवीलाई बुधबार साँझ नै पक्राउ गरी ल्याएको छ भने घटनाबारे विशेष अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस