Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सिरहामा ४९ सय सवारीसाधन कारवाहीमा

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

राम नारायण पंडित/साउन ३, सिरहा। अस्थाई ट्राफिक प्रहरी पोष्ट मिर्चैयाले एक बर्षको अबधिमा ४९ सय सावारी साधानलाई कारबाही गरेका छन् । २०७४ साउन १ गतेदेखि २०७५ असार ३२ गतेसम्म ट्राफिक प्रहरी मिर्चैयाले ४९ सय सबारी साधनलाई कार्वाही गरी ३४ लाख ९५ हजार राजस्व संकलन गरेका छन् । बस १ सय ३१, जीप ८ सय ७५, ट्रक–ट्रिपर १५ सय ५०, मोटरसाइकल १९ सय ८२, ट्रयाक्टर ३ सय ९ र ५३ बटा टेम्पोलाई कार्वाही गरेको अस्थायी ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका ईन्चार्ज प्रहरी नायव निरिक्षक मनोज कुमार चौधरीले बताए ।

१३ जनाको मृत्यु

अस्थाई ट्राफिक प्रहरी पोष्ट मिर्चैया क्षेत्रमा एक बर्षको अबधिमा ४४ बटा सबारीसाधन दुर्घटना भएका छन् । दुर्घटनामा परी १३ जनाले ज्यान गुमाएका छन् । जसमा ११ जना पुृरुष, १ जना महिला र १ जना बालक रहेको ईन्चार्ज चौधरीले बताए । दुर्घटनामा २४ जना गम्भिर घाइते र ५३ जना समान्य घाइते भएका छन् ।

१२ बटा मुद्धा दर्ता

एक बर्षको अबधिमा मिर्चैया क्षेत्रमा भएको सबारी दुर्घटनाका १२ वटा सबारी ज्यान सम्बन्धि मुद्धा दर्ता भएका छन् । जसमध्ये २ जना पर्पुक्षका लागि जेल चलान भएका छन् भने २ जना धरौटीमा छुटेका छन् । मुद्धा दर्ता भएका मध्ये ३ जनामाथी अनुसंधान भईरहेका छन् भने २ जना फरार रहेको ईन्चार्ज चौधरीले जानकारी दिएका छन् ।

१ सय ३ जना मापसे कार्वाहीमा

मादक पदार्थ सेवन गरी सबारी साधन चलाएको अबस्थामा १ सय ३ जना चालकलाई एक बर्षको अबधिमा मिर्चैया ट्राफिकले कार्वाही गरेका छन् । जसमा २० जनाको सबारी चालक अनुमति पत्रमा प्वाल पारिएको र ८३ जनासंग चालक अनुमति पत्र नभहेको समेत उनले बताए ।

सवारीसाधन चेकजाँचमा कडाई

सवारी साधन दुर्घटना भएर मानिसको ज्यान जाने क्रम बढेपछि ट्राफिक प्रहरीले सबारी साधन चेकजाँचमा कडाई गरेका छन् । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न सवारी चालकको लापर्वाही, मादक पदार्थ सेवन गरी सबारी साधन चलाउने, अत्याधिक यात्रु बोक्ने जस्ता कार्य घटाउन सक्रियता बढाएको हो । ट्राफिक प्रहरी पोष्ट मिर्चैयाले मातहतका स्थानमा सवारी साधनको चेकजाँचमा कडाई गरेका छन् ।

खासगरी पुर्बपश्चिम लोकमार्गमा लामो तथा छोटो दुरीका सवारी साधन गुड्ने र दुर्घटना हुने क्रम पनि बढेकाले चेकजाँचमा कडाई गरिएको ईन्चार्ज चौधरीले बताए । नियम विपरीत सवारी साधन चलाएको पाइएपछि ऐन अनुसार कार्वाही गरिरहेको ईन्चार्ज चौधरीले बताए ।