2026-06-29 06:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

शितल युवा क्लवको शिवरात्रि मेला सुरु

कमल पौडेल/ फागुन २४, खर्वाङ (बागलुङ) ।शितल युवा क्लव दगातुन्डाडा ८ जिमि राक्सेको प्रथम वार्षिकोत्सव तथा शिवरात्रि मेला आज देखि सुरु भएको छ। आज वयोवृद्ध समाजसेवि ९२ वर्षिय नन्दराम थापाले दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

आज भएको उद्घाटन कार्यक्रमममा दगातुन्डाडा गाविसका सचिव एवं अध्यक्ष गिता पौडेल, नेपाली काग्रेसका क्याप्टेन गन वहादुर श्रीस, नेकपा एमालेका दगातुन्डाडा अध्यक्ष रेम वहादुर भुजेल , एकिकृत नेकपा माओवादीका काँसिराम वि.क., राष्ट्रिय जनमोर्चाका वोम वहादुर थापा, रेडियो सारथीका समचार प्रमुख कमल पौडेल, क्लवका सल्लाहकार संयोजक होसियार सिंह थापा, सल्लाहकार सदस्य सुनिल शेरचन, दुर्गादत्त अर्याल, लेकवेसि कृषि सहकारी संस्थाका गोकुल गिरि, महिला जागरण केन्द्रका राधिका खरेल, त्रिभुवन उमाविका वद्रिनाथ घिमिरे, दरमखोला जलविद्युत सहकारी रिघाका सचिव डम्वर श्रीस लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम क्लवका अध्यक्ष प्रेमलाल अर्यालको अध्यक्षता, सदस्य जमुना गिरिको स्वागत मन्तव्य तथा सचिव शिवलाल वनको संचालनमा सम्पन्न भएको थियो । यसै विच आज भलिवल प्रतियोगिताको उद्घाटन गरिएको छ। ३ दिन सम्म चल्ने कार्यक्रममा विविध प्रतियोगीतात्मक कार्यक्रम सहित सांगितिक कार्यक्रम समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ।

यसै विच आज महासिवरात्रिको अवसरमा गुल्मीको मुसिकोट, दगाको दगा शिवालय मन्दिर, वामीको परुवा, लगाएतका शिवालयहरुमा दर्शनार्थीहरुको घुँइचो लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ