2026-06-29 09:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

लुगरुङ खानेपानी योजना सम्पन्न भएदेखि स्थानियको दैनिकि फेरियो

baglung

कमल पौडेल । चैत्र ७, बागलुङ । गुल्मी मुसिकोट ७ का अग्नीधर चालिसेको दैनिकि पास्तीखोला लुगरुङ खानेपानी योजना सम्पन्न भएदेखि फेरिएको छ। विहानै उठेर कुवामा पानी भर्न जाने चालिसे योजनाको निर्माण पछि धारामै पानी भर्न पाएकोमा दंग हुनुहुन्छ । चालिसे मात्रै होइन स्थानिय गृहणी खगिश्वरा भुसाललाई पनि आयोजना निर्माण पछि सुखिको अनुभुुति भएको छ। ग्रामिण क्षेत्रमा कमै देखिने मिटर सिस्टमवाट खानेपानी वितरण गरिएपछि धेरै पानी खर्च गर्यो भने धेरै विल उठ्न सक्छ भनेर सचेत समेत हुने गरेको स्थानिय वेल कुमारी खत्रिले वताउनु भयो ।

खानेपानी भर्दै गरेकि विद्यार्थी सिता के.सि.ले आयोजनाको निर्माण पछि पानिको सहज आपूर्ति भएकोले आफुहरुलाई अध्ययनमा लाग्न थप सहज भएको जानकारी दिइन् ।

जिल्ला खानेपानी तथा सरसफाई आयोजनाको ९ लाख, स्थानिय उपभोक्ताको नगद १ लाख २५ हजार र ७५ हजार वरावरको जनश्रमदान गरि कुल ११ लाखमा सो पास्तीखोला लुगरुङ खानेपानी योजना सम्पन्न भएको हो । वार्ड नं. ७ कै पास्तीखोलावाट झण्डै साढे २ किलोमिटर पाइप लाइन मार्फत स्थानिय २१ घरधुरीमा खानेपानी मिटरसहित जडान गरिएको आयोजनाका अध्यक्ष धनिश्वर घिमिरेले वताउनु भएको छ। सल्लाहकार भेष वहादुर नेपालीका अनुसार पहिले कुलोको पानी खान बाध्य उपभोक्ता योजनाको निर्माण पछि सफा पानी खान पाएका छन् जसवाट स्वास्थ्यमा समेत सुधार आउने अपेक्षा गरिएको छ। मिटर सिस्टम पहिलो अनुभव भएकोले अझै पनि पाइपमा समस्या, कमजोर जडान, लगाएतका विषयले आफुहरु सिकाइकै चरणमा भएको नेपालीले वताउनु भएको छ।

यसको व्यावस्थापनको लागी युवाहरु सक्रियरुपमा सहभागि भैरहेका छन् । उनिहरु आफै योजना निरिक्षण, मर्मत लगाएतका कार्यमा खटिरहेको स्थानिय युवा प्रकाश नेपालीले वताउनु भयो ।

आफुले कल्पना गरेको योजना सम्पन्न भएपछि दङ्गभएका परियोजना निर्माण समितिका सचिव लिलाधर घिमिरेले मिटर सिस्टमले सवै उपभोक्ताले सहज रुपमा पानी प्राप्त गर्ने वताउनु भएको छ।

उपभोक्ताले मासिक कति रकम तिर्नुपर्ने भन्ने विषयमा अझै परिक्षण गरिरहेको र उपभोक्तालाई मार नपर्ने गरि शुल्क निर्धारण गरिने आयोजना संरक्षण समितिका सचिव वुद्धिवल चालिसेले जनाकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ