Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बारामा ट्रकले किच्दा एक सुरक्षा गार्डको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>&nbsp;साउन ६, वीरगञ्ज । </b>बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा ट्रकले किचेर एक जना सुरक्षा गार्डको मृत्यु भएको छ ।<br></p><p>सिमरामा रहेको जगदम्बा स्टिल कारखानामा कार्यरत सुरक्षा गार्ड ४५ वर्षका उदय खत्रीको मृत्यु भएको हो । कारखानामा कवाडी लिएर गएको ना ४ ख १९६६ नम्बरको ट्रक ब्याक गर्ने क्रममा खत्री च्यापिएका थिए ।</p><p>राति साढे १० बजेतिर ट्रकले च्यापेर गम्भीर घाइते भएका खत्रीको सिमराकै अल्पाइन अस्पतालमा उपचारको क्रममा पौने ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी निरीक्षक सुवास हमालले जानकारी दिए ।</p>