2026-09-19 01:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

खरेल दम्पत्तिद्धारा विभिन्न विद्यालयहरुलाई ३ लाख हस्तान्तरण गर्दै

newsकमल पौडेल/ बैशाख २२, बागलुङ (खर्वाङ) ।बागलुङ जिल्लाको दगातुन्डाडा ७, खर्वाङमा स्थायी घर भई हाल अस्ट्रेलीयामा रहनुहुने टुँगनाथ खरेल तथा उहाँकी श्रीमति चन्द्रकला खरेलले दगातुन्डाडा ७ मा रहेको चण्डिथान प्राविलाई १ लाख तथा त्रिभुवन उच्च माध्यमिक विद्यालयलाई ७५ हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको छ। विद्यालयहरुको आर्थिक अवस्था कमजोर हुँदा शैक्षिक उपलब्धिलाई समेत असर परेको भन्दै खरेलले विद्यालयहरुलाई सो रकम हस्तान्तरण गर्नुभएको हो । यस अधि पनी पटक पटक विभिन्न विद्यालयमा सहयोग गर्दै आएका खरेल दम्पत्तिले यो वर्ष दुई विद्यालयलाई सहयोग गर्नुभएको हो ।

यसैविच आज खरेल दम्पत्तिलाई चण्डीथान प्राथमिक विद्यालयमा भब्य स्वागत तथा सम्मान गरिएको छ। सिमान्तकृत कुमाल जातिका छोराछोरीले मात्रै पठन पाठन गर्ने सो विद्यालयमा खरेललाई पञ्चैवाजा सहित सम्मान गरिएको हो । सो सम्मान कार्यक्रममा दगातुन्डाडा गाविसका अध्यक्ष एवं सचिव गिता पौडेल, निवर्तमान गाविस अध्यक्ष मित्र वहादुर पुन, रेडियो सारथीका स्टेसन म्यानेजर विष्णु भुसाल, सल्लाहकार सदस्य कृष्ण प्रसाद खरेल, शिक्षक अभिभावक संघका अध्यक्ष गोम वहादुर राना, लगाएतले धन्यवाद तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम विद्यालय व्यावस्थापन समितिका अध्यक्ष कर्ण वहादुर रानाको अध्यक्षता, शिक्षीका लक्ष्मी सापकोटाको स्वागत मन्तव्य तथा प्रधानाध्यापक खगि शेरचनको संचालनमा सम्पन्न भएको थियो ।

त्यस्तै खरेल दम्पत्तिलाई त्रिभुवन उच्च माध्यमिक विद्यालयमा पनि एक कार्यक्रमका विच सम्मान गरिएको छ। कार्यक्रममा वोल्ने वक्ताहरुले खरेल दम्पत्तिको उदार दिलको खुलेर प्रशंसा गरेका थिए । कार्यक्रममा दगातुन्डाडाका गाविस अध्यक्ष एवं सचिव गिता पौडेल, निवर्तमान गाविस अध्यक्ष मित्र वहादुर पुन, सल्लाहकार संयोजक विष्णु प्रसाद भुसाल, विद्यालय व्यावस्थापन समितिका सदस्य नारायण धिताल, लगाएतले धन्यवाद तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम विद्यालय व्यावस्थापन समितिका अध्यक्ष शेर वहादुर श्रीसको अध्यक्षता, प्राचार्य ढालमणि भण्डारीको स्वागत मन्तब्य तथा शिक्षक कमल पौडेलको संचालनमा सम्पन्न भएको थियो ।
यस्तै खरेल दम्पत्तिले वैसाख २३ गते विहिवार गुल्मी अर्लाङ्कोटका दुई विद्यालयलाई एक लाख २५ हजार रकम हस्तान्तरण गर्ने कार्यक्रम रहेको सहयोगदाता टुंगनाथ खरेलले जानकारी दिनुभएको छ।

यस्तै खरेलले खर्वाङवाट संचालनमा आएको रेडियो सारथीको भवन निर्माण अभियानमा सहयोग गर्ने वचन दिनुभएको छ। रेडियो सारथीको आयोजनामा रेडियोको भवनमा भएको संचालक समितिका सदस्यहरु संगको छलफलमा खरेलले सो कुरा जानकारी गराउनु भएको हो । छलफल कार्यक्रम रेडियो संचालक समितिका अध्यक्ष विष्णु भुसालको अध्यक्षता तथा सचिव नारायण धितालको संचालनमा सम्पन्न भएको थियो । छलफल कार्यक्रममा रेडियोका प्रस्तोता अनिष पाठक लगाएतले आफ्नो प्रतिभा सहित रेडियोको अवस्था जानकारी गराएका थिए ।

यसै विच दगातुन्डाडा ८ राक्से निवासी सुमित्रा पुरीले आफ्ना श्रीमान छविलाल पुरीको १३ औं दिनको पुण्य तिथिको अवसरमा त्रिभुवन उमावि खर्वाङलाई २० हजार १०० रुपैंया हस्तान्तरण गर्नुभएको छ। सो रकम अक्षयकोषको रुपमा राखीने प्राचार्य ढालमणि भण्डारीले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई