२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टुंगो लाग्न सकेन गणतन्त्र स्मारक सञ्चालन गर्ने कार्यविधि र निकाय

२०७५, ९ श्रावण बुधबार ०७:११

पूर्णप्रसाद मिश्र, साउन ९, काठमाडौँ । गणतन्त्र स्मारक निर्माण सम्पन्न भएको दुई महिना बिते पनि कसले कसरी सञ्चालन गर्ने भन्ने कार्यविधि तयार नहुँदा निर्माण व्यवसायीले हस्तान्तरण गर्न पाएका छैनन् । 

गणतन्त्र दिवसका अवसरमा जेठ १५ गते नै हस्तान्तरण गरी सञ्चालन गर्न सक्ने गरी स्मारक तयार भएको थियो । शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक एवम् भवन महाशाखा प्रमुख मणिराम गेलाल स्मारक सञ्चालन कार्यविधिको मस्यौदा तयार नभएकाले सञ्चालनमा ढिलाइ भएको स्वीकार्नुहुन्छ । 

“स्मारक जेठ पहिलो साता नै तयार भए पनि आर्थिक वर्षको अन्त्य भएकाले कार्यविधिको मस्यौदा गर्न सकिएन, कार्यविधि मस्यौदा गरेर चार महिनासम्ममा शहरी विकास मन्त्रालयमा पेश गर्छौं, निर्णय भएपछि स्मारक सञ्चालनमा आउँछ”, उहाँले भन्नुभयो । 

कार्यविधिमा सञ्चालन गर्न कसलाई दिने, कसरी सञ्चालन गर्ने र स्मारकभित्र के के राख्ने आदि विषय समावेश गरिने विभागले जनाएको छ । स्मारकको आन्तरिक सजावटको बोलपत्रसमेत भएको छैन । विभागले रु ४२ करोडको लागतमा नारायणहिटी दरबार संग्रहालयको ३५ रोपनी क्षेत्रफलमा स्मारक निर्माण गरेको हो । 

मन्त्रिपरिषद् बैठकले स्मारकमा बगैँचा सहितको संरचना निर्माणका लागि ८२ रोपनी जग्गा उपलब्ध गराएको थियो । शहीदको भावना सम्झने स्थलका रुपमा स्मारक निर्माण गरिएको विभागका वरिष्ठ डिभिजनल इञ्जिनियर मचाकाजी महर्जनले राससलाई जानकारी दिनुभयो । 

स्मारकमा अंगभंग भएका, बेपत्ता पारिएका, ज्यान गुमाएका र हराएका चार किसिमका प्रतीकात्मक स्तम्भ तयार भएको छ । तयार भएका संरचनाको मर्मत एवम् बाह्य सजावटका काम भइरहेको निर्माणको जिम्मेवारी पाएको विकोई÷स्काई÷बंगलामुखी जेभीका रोशन श्रेष्ठले बताउनुभयो । 

स्मारकसँगै निर्माण गर्ने घोषणा गरिएको गणतन्त्र स्तम्भ बन्ने अझै टुंगो छैन । स्तम्भ निर्माण गर्न रु दुई अर्ब लागत लाग्ने अनुमान गरिएकाले अहिले आधारभूत आवश्यकतामा पर्न नसकेको हुनसक्ने विभागका वरिष्ठ डिभिजनल इञ्जिनियर महर्जनले बताउनुभयो । स्तम्भका लागि चालू आर्थिक वर्षमा पनि बजेट छुट्याइएको छैन । 

मन्त्रिपरिषद्ले त्रिभुवन विश्वविद्यालयको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयसँगैको जग्गामा स्तम्भ निर्माण गर्ने निर्णय गरेको थियो । स्तम्भको ड्रइङ डिजाइन तयार भए पनि बजेटको अभावमा काम अघि बढ्न नसकेको विभागले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ