२६ माघ २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पाको दोभानलाई छुवाछुत मुक्त गाविस घोषणा गर्ने बहश

२७ चैत्र २०७२, शनिबार ०९:३६

सुवास वि.सी  । चैत २७, पाल्पा । दोभान गाविसका सचिव टेकप्रसाद घिमिरेले सामाजिक क्रान्ती सफल भएमात्र राजनितिक क्रान्ती सफल हुने बताउनुभयो । अझै पनि समाजमा जातीय छुवाछुत विद्यमान रहेको भन्दै यसको अन्त्य नहुँदासम्म राजनितिक स्थायीत्व नहुने समेत दावी गर्नुभयो । दोभान गाविसलाई छुवाछुत मुक्त गाविसको रुपमा घोषणा गर्न जागरण दलित सञ्जालले गाविसमा प्रस्ताव गरेको छ ।

होर्डिङ्गवोर्ड समेत बनाएर गाविस सचिव र अन्य सरोकारवाल निकायसँग यस्तो प्रस्ताव राखेको सञ्जालका पूर्व अध्यक्ष तथा हालका सल्लाहकार निसान पटेलले बताउनुभयो । २०६६ सालदेखि दोभानलाई छुवाछुत मुक्त गाविस बनाउन विभिन्न वडा स्तर देखि अभियान नै सञ्चालन गरिएको थियो । यो अभियानमा गैरदलितले समेत साथ दिएको स्थानीय लालबहादुर थापाले प्रतिक्रिया दिनुभयो । गाविस सचिव टेकप्रसाद घिमिरेले दलित समुदायबाट आएको यो प्रस्तावलाई आफुले एजेन्डाको रुपमा प्रस्तुत गरेर आगामी बैशाख १० गते गाविसको बैठकमा छलफल गराएर पूर्णता दिने आश्वासन दिनुभयो ।

जागरण दलित सञ्जाल दोभान पाल्पाको आयोजनामा स्थानीय स्तरमा जातीय छुवाछुत र हाम्रो दायित्व विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि पाल्पाली दलित अधिकारकर्मी तीर्थप्रसाद गौतमले अझै पनि समाजमा छुवाछुत प्रथा कायमै रहेको भन्दै यसको जरै देखि निमिट्यान्न पार्न आवश्यक रहेको बताउनुभयो । उहाँले छुवाछुत अन्त्यको लागि अव कानुनमा टेकेर बैधानिक लडाई लड्नको लागि सबै दलित समुदायलाई अपिल समेत गर्नुभयो ।

यसैबीच जागरण दलित सञ्जाल दोभानको नयाँ नेतृत्व चयन गरिएको । टोपबहादुर विकको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो । जसको उपाध्यक्षमा रामबहादुर दर्जी, सचिवमा मायाँ विक, सह—सचिवमा बालकृष्ण सुनार र कोषाध्यक्षमा मनलाल बिक चयन हुनुभएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष मिलन विश्वकर्मा, स्थानीय समाजसेवी लालबहादुर थापा, टोपबहादुर विक, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा पाल्पाका अध्यक्ष निसान पटेल, स्वास्थ्य चौकीका प्रतिनिधि सुन्दर तरामी मगर, गाउँ अपाङ्ग पुनरस्थापना समिति दोभानका अध्यक्ष विष्णु घिमिरे, रामबहादुर दर्जी, सरिता विक लगायतले एक्काइसौ शताव्दीको उत्तरार्धमा पनि नेपाली समाजमा कायम रहेको जातीय विभेद सभ्य समाजको लागि लाजमर्दो भएको बताउनुभएको थियो । सञ्जालका अध्यक्ष बलबहादुर वि।क।को सभापतित्वमा भएको कार्यक्रममा मनलाल वि।क। ले स्वागत र मायाँ वि।क।ले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा दलित समुदायको हितमा काम गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । भने उत्कृष्ट अध्ययन गरेक दलित विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘अपराधीले प्रहरीलाई टेर्न छाडे’ – प्रधानमन्त्री ओली अधिवक्ता त्रिपाठीमाथि आक्रमण: धरौटी तिर्न नसक्दा रास्वपा उपसभापति जैसी कारागार चलान, अन्य दुई जना छुटे मदन राईलाई बालयौन दुरूपयोगमा साढे दुई वर्ष कैद सजाय स्पेनबाट फेरि तीन नेपाली निष्कासित पर्यटक भिसामा नेपाल प्रवेश गरी धर्म प्रचारमा संलग्न १७ अमेरिकीसहित १८ जना विदेशी पक्राउ अधिवक्ता त्रिपाठीमाथि हातपात : रास्वपा जिल्ला उपसभापतिसहित तीन जनासँग धरौटी माग पूजा महतो उत्कृष्ट नेपाली खेलाडी घोषित, पाइन् स्कुटर महिला टी–२० श्रृङ्खलामा नेपालको लज्जास्पद प्रदर्शन, आज पनि ७ विकेटले पराजित जस्टिन बिबर र हेलीको सम्बन्ध चिसियो, हेलीले मागिन् तीन सय मिलियन क्षतिपूर्ति सांसदहरूको माग- गृहमन्त्री लेखक र आईजीपी कुँवरलाई कारबाही गरियोस् ‘पूर्णबहादुरको सारङ्गी’ले मनायो १०० दिन, दर्शकले अब १०० रुपैयाँमै हेर्न पाउने संसद्‍बाट रास्वपाको चेतावनी- रविको निलम्बन फुकुवा नगरे सरकारलाई महँगो पर्न सक्छ विपिन जोशीको रिहाइको माग गर्दै सभामुखले लेखे अरब संसद्‌लाई पत्र सिरिजको अन्तिम खेलमा थाइल्यान्डलाई नेपालले दियो ८२ रनको लक्ष्य स्टेजमा गाउँदा गाउँदै भक्कानिएपछि एलिनालाई ऋचाको पत्र अमेरिकी वायुसेनाकाे जहाज किन आयो नेपाल ? बलिउड अभिनेता सोनु सूदविरूद्ध पक्राउ पुर्जी जारी बंगलादेशमा युनुस सरकारको आलोचना गर्ने बंगलादेशी अभिनेत्री पक्राउ रवि लामिछानेलक्षित प्रकाशमानको टिप्पणी : विदेश छोडेर आएको कि केही काण्ड भएर फर्केर आएको हो ? आफ्नो अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल