2026-06-28 10:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा सिधा यातायात सुरु भएपछि गाडी भाडा घटाइयो

मंसिर १८, खोटाङ । काठमाडौँलगायत तराईका
जिल्लासँग सिधा यातायात सेवा सुरु भएपछि खोटाङमा गाडी भाडा घटाइएको छ ।
जयरामघाटमा जडान गरिएको
अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै सिधा यातायात सेवा सुरु भएपछि लामो दूरीका सवारी साधनको भाडा
घटाइएको हो ।

थोरै भए पनि जिल्लावासीलाई राहत दिलाउने
उद्देश्यले दिक्तेल–काठमाडौँ, दिक्तेल–कटारीलगायत लामो दूरीमा सञ्चालन हुने सवारी साधनको भाडा घटाएको
यातायात व्यवसायी सङ्घ, खोटाङका महासचिव राजकुमार राईले बताए । राईका अनुसार अब दिक्तेलबाट काठमाडौँ
जानका लागि एक हजार पाँच सय रूपैयाँ भाडा लाग्नेछ ।

यसअघि एक
हजार ६ सय लिने गरिएकोमा एक सय रूपैयाँ घटाएको यातायात व्यवसायी सङ्घले जनाएको छ । यस्तै दिक्तेलबाट
कटारी जानका लागि रु एक हजार लाग्ने छ ।

यसअघि दिक्तेलबाट
कटारीसम्म पुग्नका लागि एक हजार एक सय २५ लिने गरिएको थियो । जिल्लाबाट काठमाडौँका लागि बिहान, दिउँसो र
बेलुका गरी दैनिक तीनवटा गाडी छुट्ने गरेको छ । प्रत्येक गाडीमा पहिलेको तुलनामा तीन हजार चार सय भाडा
घटाइएको महासचिव राईले जानकारी दिए ।

जिल्लामा खोटाङ यातायात
व्यवसायी सङ्घका ३४ वटा बस र नौवटा जिप सञ्चालनमा छन् । जिल्लाका अन्य ठाउँमा सञ्चालन हुने सवारी साधनको
समेत भाडा घटाउने तयारी भइरहेको महासचिव राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी