७ जेष्ठ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा सिधा यातायात सुरु भएपछि गाडी भाडा घटाइयो

१८ मंसिर २०७२, शुक्रबार ०६:२८

मंसिर १८, खोटाङ । काठमाडौँलगायत तराईका
जिल्लासँग सिधा यातायात सेवा सुरु भएपछि खोटाङमा गाडी भाडा घटाइएको छ ।
जयरामघाटमा जडान गरिएको
अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै सिधा यातायात सेवा सुरु भएपछि लामो दूरीका सवारी साधनको भाडा
घटाइएको हो ।

थोरै भए पनि जिल्लावासीलाई राहत दिलाउने
उद्देश्यले दिक्तेल–काठमाडौँ, दिक्तेल–कटारीलगायत लामो दूरीमा सञ्चालन हुने सवारी साधनको भाडा घटाएको
यातायात व्यवसायी सङ्घ, खोटाङका महासचिव राजकुमार राईले बताए । राईका अनुसार अब दिक्तेलबाट काठमाडौँ
जानका लागि एक हजार पाँच सय रूपैयाँ भाडा लाग्नेछ ।

यसअघि एक
हजार ६ सय लिने गरिएकोमा एक सय रूपैयाँ घटाएको यातायात व्यवसायी सङ्घले जनाएको छ । यस्तै दिक्तेलबाट
कटारी जानका लागि रु एक हजार लाग्ने छ ।

यसअघि दिक्तेलबाट
कटारीसम्म पुग्नका लागि एक हजार एक सय २५ लिने गरिएको थियो । जिल्लाबाट काठमाडौँका लागि बिहान, दिउँसो र
बेलुका गरी दैनिक तीनवटा गाडी छुट्ने गरेको छ । प्रत्येक गाडीमा पहिलेको तुलनामा तीन हजार चार सय भाडा
घटाइएको महासचिव राईले जानकारी दिए ।

जिल्लामा खोटाङ यातायात
व्यवसायी सङ्घका ३४ वटा बस र नौवटा जिप सञ्चालनमा छन् । जिल्लाका अन्य ठाउँमा सञ्चालन हुने सवारी साधनको
समेत भाडा घटाउने तयारी भइरहेको महासचिव राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
९० सालको भूकम्पमा भत्किएको लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण आगलागीका कारण रु ११ लाख बराबरको क्षति हरियो धनियाँमा अत्यधिक विषादी,४५ प्रतिशतभन्दा बढी खान अयोग्य ओझेलमा अनौठो कुवा भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै पोखरा आसपास भूकम्पको धक्का महसुस नेपालमा भूकम्पको धक्का महसुस मध्य मेक्सिकोमा बन्दुकधारीद्वारा ७ जनाको हत्या पूर्व जनप्रतिनिधिको उपचारमा सरकार अनुदार बन्यो : सांसद शेरबहादुर कुँवर सुशासन कायम गर्न सूचनाको हक आवश्यकः गृहमन्त्री लेखक त्रिभुवन विमानस्थलबाट २५ ग्राम सुनसहित एकजना पक्राउ ४ बजे गभर्नर सिफारिस बैठक, ५बजे मन्त्रिपरिषदको बैठक बस्ने ‘विपद् जोखिम न्यूनीकरणमा पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन आवश्यक’ ‘भूमिहीन र सुकुम्वासीका नाममा सरकारी जमिन भूमाफियाको हातमा पुग्ने आशङ्का’ कांग्रेसका शिक्षा विभाग प्रमुख महरले शिक्षकसँग सहमति गरिएका विषय कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए कांग्रेस: शिक्षकसँग सहमति गरिएका विषयहरु सरकारले कार्यान्वयन गर्नु पर्ने गाजामा इजरायली हमलामा ६० जनाको मृत्यु नयाँ सुरक्षा उपायका बावजुद श्रीलङ्कामा रेलको ठक्करले हात्तीको मृत्यु स्वदेशमा उत्पादित तथा आयात हुने उत्पादनहरूमा अनिवार्य रूपमा एमआरपीसहितको लेबल लगाउनुपर्ने रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ सुरु