साउन १४, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

 साउन १४, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या "/>

2026-11-02 05:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेरि बलात्कार पछि ९ वर्षीया बालिकाको हत्या

बलात्कारपछि हत्या गरी फालिएको अवस्थामा मृतक बालिकाको शव । तस्बिर : समाजिक सञ्जाल

 साउन १४, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरिएको घटनाले राज्यको ध्यानाकर्षण गरिरहेकै बेला काभ्रेमा पनि यस्तै कहाली लाग्दो घटना सार्वजनिक भएको छ। सभामुख कृष्णबहादुर महराले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको यथार्थ जानकारी गराउन सरकारलाई आइतबार ‘रुलिङ’ गरेकै दिन काभ्रेमा बालिका बलात्कारपछि हत्या भएको घटना बाहिर आएको छ।

कञ्चरपुर घटनाको चार दिन बित्दा पनि सरकारले बालिका पन्त हत्यामा संलग्नलाई कारबाही गर्न नसकेको भन्दै सांसदहरूले चर्को आलोचना गरेपछि सभामुख महराले सरकारलाई रुलिङ गरेका थिए।

उता काभ्रेको तेमाल गाउँपालिका-१ स्थित देच्छेलिङ गुम्बा परिसरमा ९ वर्षीया एलिसा तामाङको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको छ। असार २० को राति घटना भए पनि जिल्ला प्रहरी कार्यालय काभ्रेले आइतबार पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेको छ।

फुपु मिना तामाङले पर पुरुषसँग यौन सम्बन्ध राखेको देखेकी एलिसालाई फुपुकै मिलेमतोमा हत्या गरिएको जिल्ला प्रहरी कार्यलयका एसपी रविराज खड्काले जानकारी दिए। बारा बारागढी गाउँपालिका-६ का २३ वर्षीय जोखन मन्सुरले एलिसाको हत्या गरेका हुन्।

मन्सुर-मीना बीचको यौन सम्बन्ध थाहा पाएकी एलिसालाई आफूहरूको कर्तुत लुकाउन दुबैको मिलेमतामो हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको एसपी खड्काले जानकारी दिए।

प्रहरी अनुसन्धान र उनीहरूकै बयानबाट मन्सुर-मीनाबीचको यौन सम्पर्कको दृश्य मृतक बालिकाले देखेकी रहिछन्। चाउचाउ किनिदिने भन्दै एलिसालाई मन्सुरले फकाएर गुम्बा छेउमा लगि बलात्कार गरेपछि हत्या गरेका खुलेको एसपी खड्काले जानकारी दिँदै भने।

मुख तथा यौनीमा घाउ भएको अवस्थामा शव घोप्टो परेको अवस्थामा प्रहरीले २० गते राति नै फेला परेको थियो। छेन्देलिङ हेलेमेन्दो गुम्बा परिसरको पर्खाल नजिकै ढुंगा थुपारेको स्थानमा एलिनामाथि बलात्कार भएको प्रहरीले जनाएको छ। आफूले बालिकाको नाकथुनेपछि ज्यान गएको मन्सुरले प्रहरीसँगको बयानमा भनेका छन्।

मीना-मन्सुरबीच ३ महिनाअघि देखि नै अवैध सम्बन्ध रहेको गाउँलेको दाबी छ। तर प्रहरीसँगको बयानमा मीनाले आफूलाई मन्सुरले जबरजस्ती करणी गरेपनि इज्जत जाने डरले यौन सम्बन्ध सहन बाध्य भएको बयान दिएकी छन्।

सुस्तमनस्थितिकालाई छाडेनन्

तेमाल गाउँपालिकाको ६ पचुवरघाटमा साउन ६ गते शारीरिक तथा मानसिक रुपमा अपाङग १२ वर्षी रोनिशा तामाङलाई बलात्कार गरी फरार १७ वर्षीय विकास थापामगरलाई प्रहरीले प्रक्राउ गरेको छ। घरमा सुतेको अवस्थामा बालिकामाथि जबरजस्ती करणी गरी भागेका विकासलाई प्रहरीले प्रक्राउ गरेको हो।

कञ्चनपुर घटना जानकारी गराउन निर्देशन

यसैबीच प्रतिनिधिसभाको आइतबारको बैठकमा अधिकांश सांसदले बलात्कारपछि हत्या भएको कञ्चनपुर घटनाका दोषीलाई पक्राउ गर्न नसकेको भन्दै सरकारप्रति आक्रोश पोखे पछि सभामुखले सरकारलाई घटनाको यथार्थ विवरण सार्वजनिक गर्न रुलिङ गरेका छन्।

घटनामा संलग्न दोषिलाई कारबाही गर्नुको सट्टा न्याय खोज्ने जनतामाथि प्रहरी धरपकड भएको भन्दै प्रमुख विपक्षी कांग्रेस सांसदले सरकारको आलोचना गरेका थिए।

कांग्रेसकी सांसद उमा रेग्मीले बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने माग गरिन्। भारत र अमेरिका जस्ता प्रजातान्त्रिक मुलुकमा पनि मृत्युदण्ड कानुन रहेको उल्लेख गर्दै रेग्मीले दुई वर्षीया बालिकादेखि ७७ वर्र्षीया वृद्धासम्म बलात्कृत हुनु विडम्बना भएको बताइन्।

सत्तासीन नेकपाकी सांसद निरुदेवी पालले पन्तको हत्यामा संलग्नलाई सर्वस्वसहित जन्मकैदको माग गर्दै केही दलले उनको लासमाथि राजनीति गर्न खोजेको आरोप लगाएकी थिइन। पालको उक्त आरोपप्रति विपक्षी कांग्रेसका सांसदले आक्रोश पोखेका थिए।

कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले कञ्चनपुर घटनाको भत्र्सना गर्दै गृहमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने माग गरे। कांग्रेसकै सांसद डिला संग्रौलाले उक्त घटनाका दोषीलाई कारवाही गर्नुको सट्टा सरकार प्रतिकारमा उत्रेको आरोप लगाइन्।

कांग्रेसकै सांसद लक्ष्मी परियारले दोषीमाथि कारवाहीको माग गर्दै प्रदर्शनमा उत्रेका बालिकाका आफन्तमाथि लाठीचार्ज भएको भन्दै आक्रोश पोखिन। अन्नपुर्णपोस्टबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द