साउन १४, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

 साउन १४, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या "/>

2026-09-19 06:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेरि बलात्कार पछि ९ वर्षीया बालिकाको हत्या

बलात्कारपछि हत्या गरी फालिएको अवस्थामा मृतक बालिकाको शव । तस्बिर : समाजिक सञ्जाल

 साउन १४, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरिएको घटनाले राज्यको ध्यानाकर्षण गरिरहेकै बेला काभ्रेमा पनि यस्तै कहाली लाग्दो घटना सार्वजनिक भएको छ। सभामुख कृष्णबहादुर महराले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको यथार्थ जानकारी गराउन सरकारलाई आइतबार ‘रुलिङ’ गरेकै दिन काभ्रेमा बालिका बलात्कारपछि हत्या भएको घटना बाहिर आएको छ।

कञ्चरपुर घटनाको चार दिन बित्दा पनि सरकारले बालिका पन्त हत्यामा संलग्नलाई कारबाही गर्न नसकेको भन्दै सांसदहरूले चर्को आलोचना गरेपछि सभामुख महराले सरकारलाई रुलिङ गरेका थिए।

उता काभ्रेको तेमाल गाउँपालिका-१ स्थित देच्छेलिङ गुम्बा परिसरमा ९ वर्षीया एलिसा तामाङको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको छ। असार २० को राति घटना भए पनि जिल्ला प्रहरी कार्यालय काभ्रेले आइतबार पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेको छ।

फुपु मिना तामाङले पर पुरुषसँग यौन सम्बन्ध राखेको देखेकी एलिसालाई फुपुकै मिलेमतोमा हत्या गरिएको जिल्ला प्रहरी कार्यलयका एसपी रविराज खड्काले जानकारी दिए। बारा बारागढी गाउँपालिका-६ का २३ वर्षीय जोखन मन्सुरले एलिसाको हत्या गरेका हुन्।

मन्सुर-मीना बीचको यौन सम्बन्ध थाहा पाएकी एलिसालाई आफूहरूको कर्तुत लुकाउन दुबैको मिलेमतामो हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको एसपी खड्काले जानकारी दिए।

प्रहरी अनुसन्धान र उनीहरूकै बयानबाट मन्सुर-मीनाबीचको यौन सम्पर्कको दृश्य मृतक बालिकाले देखेकी रहिछन्। चाउचाउ किनिदिने भन्दै एलिसालाई मन्सुरले फकाएर गुम्बा छेउमा लगि बलात्कार गरेपछि हत्या गरेका खुलेको एसपी खड्काले जानकारी दिँदै भने।

मुख तथा यौनीमा घाउ भएको अवस्थामा शव घोप्टो परेको अवस्थामा प्रहरीले २० गते राति नै फेला परेको थियो। छेन्देलिङ हेलेमेन्दो गुम्बा परिसरको पर्खाल नजिकै ढुंगा थुपारेको स्थानमा एलिनामाथि बलात्कार भएको प्रहरीले जनाएको छ। आफूले बालिकाको नाकथुनेपछि ज्यान गएको मन्सुरले प्रहरीसँगको बयानमा भनेका छन्।

मीना-मन्सुरबीच ३ महिनाअघि देखि नै अवैध सम्बन्ध रहेको गाउँलेको दाबी छ। तर प्रहरीसँगको बयानमा मीनाले आफूलाई मन्सुरले जबरजस्ती करणी गरेपनि इज्जत जाने डरले यौन सम्बन्ध सहन बाध्य भएको बयान दिएकी छन्।

सुस्तमनस्थितिकालाई छाडेनन्

तेमाल गाउँपालिकाको ६ पचुवरघाटमा साउन ६ गते शारीरिक तथा मानसिक रुपमा अपाङग १२ वर्षी रोनिशा तामाङलाई बलात्कार गरी फरार १७ वर्षीय विकास थापामगरलाई प्रहरीले प्रक्राउ गरेको छ। घरमा सुतेको अवस्थामा बालिकामाथि जबरजस्ती करणी गरी भागेका विकासलाई प्रहरीले प्रक्राउ गरेको हो।

कञ्चनपुर घटना जानकारी गराउन निर्देशन

यसैबीच प्रतिनिधिसभाको आइतबारको बैठकमा अधिकांश सांसदले बलात्कारपछि हत्या भएको कञ्चनपुर घटनाका दोषीलाई पक्राउ गर्न नसकेको भन्दै सरकारप्रति आक्रोश पोखे पछि सभामुखले सरकारलाई घटनाको यथार्थ विवरण सार्वजनिक गर्न रुलिङ गरेका छन्।

घटनामा संलग्न दोषिलाई कारबाही गर्नुको सट्टा न्याय खोज्ने जनतामाथि प्रहरी धरपकड भएको भन्दै प्रमुख विपक्षी कांग्रेस सांसदले सरकारको आलोचना गरेका थिए।

कांग्रेसकी सांसद उमा रेग्मीले बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने माग गरिन्। भारत र अमेरिका जस्ता प्रजातान्त्रिक मुलुकमा पनि मृत्युदण्ड कानुन रहेको उल्लेख गर्दै रेग्मीले दुई वर्षीया बालिकादेखि ७७ वर्र्षीया वृद्धासम्म बलात्कृत हुनु विडम्बना भएको बताइन्।

सत्तासीन नेकपाकी सांसद निरुदेवी पालले पन्तको हत्यामा संलग्नलाई सर्वस्वसहित जन्मकैदको माग गर्दै केही दलले उनको लासमाथि राजनीति गर्न खोजेको आरोप लगाएकी थिइन। पालको उक्त आरोपप्रति विपक्षी कांग्रेसका सांसदले आक्रोश पोखेका थिए।

कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले कञ्चनपुर घटनाको भत्र्सना गर्दै गृहमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने माग गरे। कांग्रेसकै सांसद डिला संग्रौलाले उक्त घटनाका दोषीलाई कारवाही गर्नुको सट्टा सरकार प्रतिकारमा उत्रेको आरोप लगाइन्।

कांग्रेसकै सांसद लक्ष्मी परियारले दोषीमाथि कारवाहीको माग गर्दै प्रदर्शनमा उत्रेका बालिकाका आफन्तमाथि लाठीचार्ज भएको भन्दै आक्रोश पोखिन। अन्नपुर्णपोस्टबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई