३० माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

एक रुपैयाँका दरले संकलित सहकारीमा ४६ करोडको कारोवार

२३ भाद्र २०७२, बुधबार ०१:४४

प्रेम सुनार, भदौ–२३, गुल्मी । आजभन्दा २५ वर्ष अघि २५ जना सदस्यहरुले एक एक रुपैयाँका दरले संकलन गरेर स्थापना गरेको गुल्मीको एक सहकारी संस्थामा अहिले ४६ करोडको कारोवार हुने गरेको छ । लेकाली स्वावलम्वनवचततथा ऋण सहकारी संस्था लिमिटेड तम्घास गुल्मीले यस्तो प्रगतिगर्न सफलभएको हो । २५ औं वर्ष गाँठको अवसरमा रजतमहोत्सववर्ष मनाउने तयारीमा रहेको सो संस्थाले आजपत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७१/०७२ मा ४६ करोड कारोवार भएको जानकारी दिएको हो ।
सो संस्थाकाअध्यक्षगोपालप्रसादपन्थीले २०४८ सालपौष ३० गतेकादिनहाल अमेरिकामा रहेका रमेश थापा संस्थापकअध्यक्ष रहेर २५ जनाको समुहमामासिक एक एक रुपैयाँका दरले वचत संकलन गरी स्थापना गरेको त्यस सहकारीमा यस आर्थिक वर्षमाउक्त रकमकारोवार गर्न सफलभएको जानकारी दिए् । उनले उक्त सहकारीमा शेयर पुँजी १ करोड ५१ लख ६७हजार ५ सय रहेको बताए । त्यस्तै संस्थागतकोष ९८ लाख६ सय ८७ रुपैयाँ रहेको, १४ कारोड ७४ लाख ४४ हजार ८ सय १९ बचतगरिएको र १४ कारोड ८० लाख७० हजार ९ सय १० रुपैयाँऋण लगानीभई रहेको जानकारी दिए ।
नवाल६ सय १५ सहितकुल सदस्य संख्या १९ सय ७० जना रहेको त्यस सहकारी संस्थाले यस रजतमहोत्सववर्ष गाँठमा शेयर सदस्यलाई पेन्सन समेत दिने कार्यक्रम घोषणा गरेको छ । क्रमिक रुपमा रकम बृद्धि गर्दै जाने गरी त्यस संस्थाले ६० वर्ष उमेर पुगेका र अपाङ्गहुने शेयर सदस्यहरुलाई मासिक २ सयका दरले पेन्सन समेतदिने घोषणा गरेको अध्यक्षपन्थीले जानकारी दिए । तर त्यस्ता सदस्यहरुले पेन्सनपाउनकालागिकम्तीमापनि १५ वर्ष त्यस सहकारी संस्थामा आवद्ध हुनु पर्ने वताईको छ । उसले कक्षा १ देखि स्नातक सम्म शेयर सदस्यका छोरा छोरीहरुलार्इृ छात्रवृत्ति समेत दिदै आएको छ ।
यसरी शेयर सदस्यहरुलाई पेन्सनदिने घोषणा गर्ने स्वावलम्वनवचततथा ऋण सहकारी संस्था लिमिटेड जिल्लाको पहिलो सहकारी संस्थाबनेको छ । बचत तथा ऋण सहकारी संघ,गुल्मी,नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.( नेप्सकुन ) काठमाण्डौं र राष्ट्रिय सहकारी बैंक लि.काठमाणडौमा समेत आवद्ध रहेको त्यस स्वावलम्वनसहकारी संघ उत्कृष्ट कार्य गरे वापतविभिन्न संघ संस्थाबाट पुरस्कृत समेत भएको छ ।
उसलाई २०६२ मा डिभिजन सहकारी  कार्यालयले पुरस्कृत गरेको थियो । त्यस्तै २०६५ सालमाराष्ट्रिय सहकारी संघ काठमाण्डौंले, २०६८ सालमा नेप्सकुनले पश्चिमाञ्चल कै उत्कृष्ट सहकारी संस्थाका रुपमा र २०७१ सालमा नेप्सकुनले नै उत्कृष्ट सञ्चालकका रुपमा त्यस स्वावलम्वन सहकारी संस्थालाई पुरस्कृत गरेको थियो ।उक्त सहकारी संस्थाले सहलियतव्याज दरमाप्रति सदस्य १५ लाख सम्म ऋण दिने गरेको छ । उसले त्यस्तो ऋण विशेष गरी गरिव विपन्न, एकलमहिला, असाहय–अपाङ्ग र वेरोजगारहरुलाई स्वरोजगार बनाउनदिने गरेको पाईएको छ ।
जिल्लाका पुरानो सहकारी संस्थामानिने उसले यस वर्ष देखि घडेरी खरिद कोषको समेत स्थापनागर्ने भएको छ । आज देखि विविधकार्यक्रमका साथ सो सहकारी संस्थाको स्थापनादिवस पौष ३० गते सम्ममनाईने रजतमहोत्सवममनाउनलागि ३९ सदस्यीयमुल समारोह समिति र विभिन्न ९ वटा उप समिति समेत गठन गरिएको जानकारी समेत पत्रकार सम्मेलनमा गराईएको थियो । पत्रकार सम्मेलनमा सो सस्थाकापुर्व अध्यक्षएमबहादुर थापा , नेपालपत्रकार महासंघका अध्यक्षनवराज भुसाल लगायतको सहक्भागिता थियो ।
लेकाली स्वावलम्वनवचततथा ऋण सहकारी संस्थालि. तम्घास गुल्मीका अध्यक्ष गोपालप्रसाद पन्थीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा कोषाध्यक्ष गणेश श्रेष्ठको स्वागतमन्तव्य र सचिव भुवन अर्यालको सञ्चालन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहसचिव पाण्डेलाई थुनामुक्त गर्न अस्वीकार झापामा एक जनाको नाममा अर्काले लाइसेन्सको ट्रायल दिँदै गर्दा दुवै जना पक्राउ एमाले प्रदेशसभा सदस्यविरुद्ध मुद्दा नचलाउने निर्णयपछि पीडित बालिकासँग माफी माग्दै बालेनले भने– नआत्तिनु, समय आउनेछ! बैठकमा मनिष झाको प्रश्न- वर्षाैं जेल बसेर बाहिर आउँदा नेताहरुकाे एकाएक महल कसरी ठडियो ? सिमेन्टमा भएको मूल्यवृद्धिबारे अध्ययन हुनेछ : मन्त्री भण्डारी भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगर्ने जसपाको निर्णयले अफ्ट्यारोमा सरकार कानुनी रुपमै अलग भए गायिका एलिना र बिष्णु अब इसेवामा रहेको पैसा एनआइसी एसिया बैंकको एटिएमबाट पनि निकाल्न सकिने बूढानीलकण्ठमा पूरै घर भाडामा लिई अनलाइन ठगीमा संलग्न २३ भारतीय सार्वजनिक प्रहरीको हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ संसद् नै अवरोध हुनेगरी २ मिनेटमा के भनेका थिए रामहरिले ? पाथीभरामा केबलकार निर्माणविरुद्धको रिट सर्वोच्चद्वारा दर्ता गर्न अस्वीकार ट्रम्पको चेतावनीपछि हमासले भन्यो- धम्कीको भाषाको कुनै मूल्य छैन विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभाको बैठक अवरुद्ध कार्यसूचीबाट भ्रष्टाचारसम्बन्धी विधेयक हटाइएकोमा संसदमा लफडा एमाले सांसदलाई उन्मुक्ति दिएकोमा रास्वपाले संसदमै गर्‍यो विरोध एकीकृत समाजवादी र नेकपासँग एकता गर्न छलफल भइरहेको छ: प्रचण्ड चाबहिलमा २३ वर्षीय युवकको हत्या: चोरीको मोबाइल लिन भएको थियो दुई समूहबीच झडप होटलमा बोलाएर पत्रकार ललितबहादुर सिंहमाथि चक्कु प्रहार विश्वमै कम भ्रष्टाचार हुने मुलुक डेनमार्क, धेरै हुनेमा दक्षिण सुडान