२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हत्यारा र अपराधीलाई कठोर कारवाही हुन्छ : गृहमन्त्री थापा

२०७५, १७ श्रावण बिहीबार १०:४०

साउन १७, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरमा बालिकाको बलात्कारपछि हत्या भएको घटना र सांसद निरुदेवी पालमाथि भएको हमलाका सम्बन्धमा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री थापाले दुवै घटनाका बारेमा सदनलाई जानकारी गराउनुभएको हो । कञ्चनपुरको भीमदत्त नगरपालिकामा गत साता १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । 

उक्त घटनाका सम्बन्धमा गृहमन्त्री थापाले प्रहरीले आवश्यक खोजी कार्य जारी राखेको र अनुसन्धान भइरहेको जानकारी गराउँदै दोषीलाई कडाभन्दा कडा कानूनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

आगामी दिनमा यस्ता घटना हुन नदिन स्थानीय प्रशासनलाई निर्देशन दिएको बताउँदै उहाँले यस्ता हत्या हिंसाका घटनामा मदिरा सेवन र लागुपदार्थको सेवन कारण बन्ने गरेको बताउनुभयो । 

गृहमन्त्री थापाले अनियन्त्रित मदिरा सेवन र लागुपदार्थ सेवनलाई नियन्त्रण गर्न सरकारले आवश्यक कदम चाल्ने जानकारी गराउनुभयो । उहाँले सांसद निरुपाल माथिको घटना राजनीतिक प्रकृतिको देखिएको बताउँदै घटनालगत्तै सांसद पालको सुरक्षाको व्यवस्था गरेको र गम्भीर छानबिन भइरहेको जानकारी गराउनुभयो । राजनीतिक स्थायित्व नचाहने तत्वले यस्तो घटना घटाउने प्रयास भएको हुन सक्ने उहाँको आशंका थियो । (रासस) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ