३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

बसदुर्घटनामा मृत्यु हुनेको संख्या २४ पुग्यो, १५ जनाको सनाखत

३० चैत्र २०७२, मंगलवार १०:२१

चैत्र ३०, खोटाङ । आज बिहान खोटाङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको
संख्या २४ पुगेको छ । मृत्यु हुनेमध्ये १५ जनाको सनाखत भएको छ ।

उक्त दुर्घटनामा मृत्यु हुनेहरुमा दिक्तेल नगरपालिका –१४ का सन्तोष कट्वाल, उदयपुर बास्वोटे–३
का द्रबिन राई, च्यास्मीटार खोटाङका रविन राई, उदयपुर ताम्लीछा–७ की शान्ता राई, सोलेखुम्बु पञ्चन –१ का
सोम सुन्दास, खोटाङ डिकुवा–८ का मेजर राईको सनाखत भएको ट्राफिक कार्यालय दिक्तेलका असई तेजबहादुर
बस्नेतले घटनास्थलबाट जानकारी दिए ।

यस्तै, गाडी चालक काठमाडौं
घर भएका अर्जुन उप्रेती, खोटाङ खार्मी– ५ का मित्रकुमार राई, उदयपुर ठानागाँउ–३ का हेम सुनुवार, सोही
ठाँउका भाजुनारायण श्रेष्ठ, खोटाङ निर्मलीडाँडा–३ की बिमला राई, ताम्लीछा–५ उदयपुर घर भएकी ओमश्री राई,
खोटाङ च्यास्मीटार–८ का सुरेन्द्र राई, खोटाङ याम्खा–७ का भैरब राई, दिप्सुङका गोविन्द तिमल्सेना,
सोलुखुम्बु घर भएकी सुस्मा राईको सनाखत भएको बस्नेतले जानकारी दिए ।

मंगलबार विहान काठमाडौंका लागि छुटेको बा २ ख ६३७६ नम्बरको यात्रु बस महादेवस्थान–१ को
काभ्रेभीरमा दुर्घटना भएको थियो । मृत्यु भएका अन्य ९ जनाको सनाखत हुन बाँकी छ ।

उक्त दुर्घटनामा ३१ जना भन्दाबढी घाइते छन् । घाइते सबैको अवस्था गम्भीर रहेकोले
उपचारका लागि हेलीकोप्टरमार्फत काठमाडौं लगिसकिएको छ । जसमध्ये ८ जनाको स्थानिय ताप्ले अस्पतालमा उपचार
भईरहेको छ भने २३ जनालाई काठमाडौं ल्याइएको छ ।

काठमाडौं
ल्याइएका मध्ये शिक्षण अस्पताल महाराजगन्जमा २० जना, ग्रिन सिटी अस्पतालमा, एकजना नेपाली सेनाको छाउनी
अस्पतालमा एकजना र बीएण्डबी अस्पतालमा एकजनाको उपचार भइरहेको बताइएको छ ।

विहान पाँज बजे दिक्तेलबाट १८ जना यात्रु लिएर छुटेको बसमा ५२ जना भन्दा बढी सवार रहेका थिए ।
सडक निर्माणको क्रममा रहेकाले कुनामा थुपारिएको ढुंगालाई छलेर छेउबाट बस छिराउने प्रयास गर्दा बाटो
भत्किएर दुर्घटना भएको खोटाङका ट्राफिक बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’