७ जेष्ठ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

बसदुर्घटनामा मृत्यु हुनेको संख्या २४ पुग्यो, १५ जनाको सनाखत

३० चैत्र २०७२, मंगलवार १०:२१

चैत्र ३०, खोटाङ । आज बिहान खोटाङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको
संख्या २४ पुगेको छ । मृत्यु हुनेमध्ये १५ जनाको सनाखत भएको छ ।

उक्त दुर्घटनामा मृत्यु हुनेहरुमा दिक्तेल नगरपालिका –१४ का सन्तोष कट्वाल, उदयपुर बास्वोटे–३
का द्रबिन राई, च्यास्मीटार खोटाङका रविन राई, उदयपुर ताम्लीछा–७ की शान्ता राई, सोलेखुम्बु पञ्चन –१ का
सोम सुन्दास, खोटाङ डिकुवा–८ का मेजर राईको सनाखत भएको ट्राफिक कार्यालय दिक्तेलका असई तेजबहादुर
बस्नेतले घटनास्थलबाट जानकारी दिए ।

यस्तै, गाडी चालक काठमाडौं
घर भएका अर्जुन उप्रेती, खोटाङ खार्मी– ५ का मित्रकुमार राई, उदयपुर ठानागाँउ–३ का हेम सुनुवार, सोही
ठाँउका भाजुनारायण श्रेष्ठ, खोटाङ निर्मलीडाँडा–३ की बिमला राई, ताम्लीछा–५ उदयपुर घर भएकी ओमश्री राई,
खोटाङ च्यास्मीटार–८ का सुरेन्द्र राई, खोटाङ याम्खा–७ का भैरब राई, दिप्सुङका गोविन्द तिमल्सेना,
सोलुखुम्बु घर भएकी सुस्मा राईको सनाखत भएको बस्नेतले जानकारी दिए ।

मंगलबार विहान काठमाडौंका लागि छुटेको बा २ ख ६३७६ नम्बरको यात्रु बस महादेवस्थान–१ को
काभ्रेभीरमा दुर्घटना भएको थियो । मृत्यु भएका अन्य ९ जनाको सनाखत हुन बाँकी छ ।

उक्त दुर्घटनामा ३१ जना भन्दाबढी घाइते छन् । घाइते सबैको अवस्था गम्भीर रहेकोले
उपचारका लागि हेलीकोप्टरमार्फत काठमाडौं लगिसकिएको छ । जसमध्ये ८ जनाको स्थानिय ताप्ले अस्पतालमा उपचार
भईरहेको छ भने २३ जनालाई काठमाडौं ल्याइएको छ ।

काठमाडौं
ल्याइएका मध्ये शिक्षण अस्पताल महाराजगन्जमा २० जना, ग्रिन सिटी अस्पतालमा, एकजना नेपाली सेनाको छाउनी
अस्पतालमा एकजना र बीएण्डबी अस्पतालमा एकजनाको उपचार भइरहेको बताइएको छ ।

विहान पाँज बजे दिक्तेलबाट १८ जना यात्रु लिएर छुटेको बसमा ५२ जना भन्दा बढी सवार रहेका थिए ।
सडक निर्माणको क्रममा रहेकाले कुनामा थुपारिएको ढुंगालाई छलेर छेउबाट बस छिराउने प्रयास गर्दा बाटो
भत्किएर दुर्घटना भएको खोटाङका ट्राफिक बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नगर प्रहरी प्रमुख पाण्डेलाई ७ दिनको म्याद दिएर,७ बुँदे स्पष्टीकरण गर्मीमा फोन चलाउँदा ध्यान दिनुपर्ने कुराहरु ,नभए दुर्घटना हुन सक्छ ………. विद्युतीय अपराध सम्बन्धी कसुरमा गाउँपालिका अध्यक्ष पक्राउ कांग्रेस–एमालेको सरकार बनाउनुको उद्देश्य अझै पूरा नभएको : योगेश भट्टराई जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव युक्रेनमा शान्ति नभए रूस विरुद्ध ‘कडा कारबाही’ गर्न अमेरिकालाई इयुको आग्रह राष्ट्र बैंकको गभर्नर कांग्रेस निकट पौडेललाई बनाउने सहमति वनमन्त्री शाही चीन प्रस्थान ‘गभर्नर नियुक्ति प्रक्रियाले चाँडै निकास पाउँछ’ तीन दशकमा पनि पूरा भएन वाग्मती स्वच्छ बनाउने जिम्मेवारी भिमफेदीमा गाडी दुर्घटना हुँदा १४ जना घाइते,३ जनाको अवस्था गम्भीर छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई ९० सालको भूकम्पमा भत्किएको लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण आगलागीका कारण रु ११ लाख बराबरको क्षति हरियो धनियाँमा अत्यधिक विषादी,४५ प्रतिशतभन्दा बढी खान अयोग्य ओझेलमा अनौठो कुवा भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै पोखरा आसपास भूकम्पको धक्का महसुस नेपालमा भूकम्पको धक्का महसुस मध्य मेक्सिकोमा बन्दुकधारीद्वारा ७ जनाको हत्या