2026-06-30 12:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

बसदुर्घटनामा मृत्यु हुनेको संख्या २४ पुग्यो, १५ जनाको सनाखत

चैत्र ३०, खोटाङ । आज बिहान खोटाङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको
संख्या २४ पुगेको छ । मृत्यु हुनेमध्ये १५ जनाको सनाखत भएको छ ।

उक्त दुर्घटनामा मृत्यु हुनेहरुमा दिक्तेल नगरपालिका –१४ का सन्तोष कट्वाल, उदयपुर बास्वोटे–३
का द्रबिन राई, च्यास्मीटार खोटाङका रविन राई, उदयपुर ताम्लीछा–७ की शान्ता राई, सोलेखुम्बु पञ्चन –१ का
सोम सुन्दास, खोटाङ डिकुवा–८ का मेजर राईको सनाखत भएको ट्राफिक कार्यालय दिक्तेलका असई तेजबहादुर
बस्नेतले घटनास्थलबाट जानकारी दिए ।

यस्तै, गाडी चालक काठमाडौं
घर भएका अर्जुन उप्रेती, खोटाङ खार्मी– ५ का मित्रकुमार राई, उदयपुर ठानागाँउ–३ का हेम सुनुवार, सोही
ठाँउका भाजुनारायण श्रेष्ठ, खोटाङ निर्मलीडाँडा–३ की बिमला राई, ताम्लीछा–५ उदयपुर घर भएकी ओमश्री राई,
खोटाङ च्यास्मीटार–८ का सुरेन्द्र राई, खोटाङ याम्खा–७ का भैरब राई, दिप्सुङका गोविन्द तिमल्सेना,
सोलुखुम्बु घर भएकी सुस्मा राईको सनाखत भएको बस्नेतले जानकारी दिए ।

मंगलबार विहान काठमाडौंका लागि छुटेको बा २ ख ६३७६ नम्बरको यात्रु बस महादेवस्थान–१ को
काभ्रेभीरमा दुर्घटना भएको थियो । मृत्यु भएका अन्य ९ जनाको सनाखत हुन बाँकी छ ।

उक्त दुर्घटनामा ३१ जना भन्दाबढी घाइते छन् । घाइते सबैको अवस्था गम्भीर रहेकोले
उपचारका लागि हेलीकोप्टरमार्फत काठमाडौं लगिसकिएको छ । जसमध्ये ८ जनाको स्थानिय ताप्ले अस्पतालमा उपचार
भईरहेको छ भने २३ जनालाई काठमाडौं ल्याइएको छ ।

काठमाडौं
ल्याइएका मध्ये शिक्षण अस्पताल महाराजगन्जमा २० जना, ग्रिन सिटी अस्पतालमा, एकजना नेपाली सेनाको छाउनी
अस्पतालमा एकजना र बीएण्डबी अस्पतालमा एकजनाको उपचार भइरहेको बताइएको छ ।

विहान पाँज बजे दिक्तेलबाट १८ जना यात्रु लिएर छुटेको बसमा ५२ जना भन्दा बढी सवार रहेका थिए ।
सडक निर्माणको क्रममा रहेकाले कुनामा थुपारिएको ढुंगालाई छलेर छेउबाट बस छिराउने प्रयास गर्दा बाटो
भत्किएर दुर्घटना भएको खोटाङका ट्राफिक बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ