2026-09-19 01:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा सुनिए सुदेश र देवकी

हे झोला अपराधका शिरहरु निर्धक्क बोक्छौ कति ? 

आमा बेच्नु प¥यो भने यदि कतै लौ मूल्य तोक्छौ कति 

कस्ले किन्छ भनेर धड्कन यहाँ गर्दै छु विज्ञापन ? 

खेलौना अनमोल भो तर यहाँ सस्तो भयो जीवन । 

साउन २०, नुवाकोट । ‘सस्तो भयो जीवन’ शीर्षकको कविता वाचन गरिरहँदा कविता सुन्नेहरु हलभरी भए पनि शान्त वातावरण थियो । सदरमुकाम विदुरमा शनिबार आयोजित नुवाकोट कविता कन्सर्टमा ओजपूर्ण आवाजमा युवा कवि सुदेश सत्याल कविता वाचन गर्दै हुनुहुन्थ्यो । 

दश कविता प्रस्तुत गर्नुभएका सत्याल यहाँका साहित्यप्रेमीलाई मन्त्रमुग्ध पार्न सफल हुनुभयो । सत्यालले ‘सिरिया’ शीर्षकको कवितामा सिरियामा भएको युद्धलाई तस्वीरझैँ कवितामा प्रस्तुत गर्नुभएको थियो । ‘बच्चाको मुटु उडाउँदा पनि हाँस्दै छ एटम’ जस्ता शब्द बान्की समेटेको कवितामा सिरियाको युद्ध रोक्नका लागि गरिएको आह्वानमा युद्धाको पीडा सुनेर साहित्यप्रेमी भावुक बनेका थिए । 

कविले ‘सस्तो भयो जीवन’, ‘सधैँ भइरहूँ म तिम्रो सहारा’, ‘दार्जिलिङमाथि एउटा कविता’ ‘ताली नमार्नू अब’, ‘नेपाल बन्द छ’ लगायत कविता वाचन गर्नुभएको यियो । दुई प्रेमिल गजलले पनि दर्शकलाई मोहित पार्न सफल भए । सत्यालले आफ्नो चर्चित कविता ‘फर्केर आऊ घर’ वाचन गरी आफ्नो प्रस्तुतिलाई बिसाउनुभएको थियो । 

‘नुवाकोट पर्यटन प्रवद्र्धनका लागि’ नारासहित नुवाकोट साहित्य प्रतिष्ठानको आयोजनामा भएको कन्सर्टमा अर्का प्रतिभा देवकी अभिलाषीले आफ्ना ११ कविता वाचन गर्नुभएको थियो । कवि अभिलाषीले ‘यो शहरलाई प्रेम गर्छु’, ‘प्रेम उत्सव’, ‘मरुभूमिबाट’, ‘वनमान्छे’लगायत कवितामा शहरले दिने पीडा र पाठ, गाउँको सम्झनादेखि वैदेशिक रोजगारीमा महिलाले भोग्नुपरेको पीडासम्मलाई रचनामा समेट्नुभएको थियो । (रासस)

प्रतिष्ठानका अध्यक्ष रामकृष्ण गजुरेलको अध्यक्षतामा भएको कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका कोषाध्यक्ष गीता अमात्यले साहित्य श्रीवृद्धिका लागि यस्ता कार्यक्रम जिल्लामा निरन्तर हुनुपर्ने बताउनुभयो । कार्यक्रममा सहभागी कवि राजकुमार पुत्लाले कन्सर्टमा दुवै स्र्रष्टाको दमदार प्रस्तुतिले मन छोएको बताउनुभयो । पर्यटन विकास तथा प्रवद्र्धनमा साहित्यको भूमिका धेरै रहने भएकाले जिल्लाको पर्यटन प्रवद्र्धन गराउनका लागि कसन्र्ट आयोजना गरिएको नुवाकोट साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष श्रीराम श्रेष्ठले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई