<p><b>साउन २२, दोलखा |</b> कालिञ्चोक गाउँपालिकामा खोलाले बगाएर वडा नं ६ लापिलाङस्थित लेप्टुङकी ३४ वर्षीया विष्णुमाया खड्काको स्थानीय घट्टे खोलाले बगाएर मृत्यु भएको छ । <br></p><p>सोमबार अपराह्न गोठमा गाईभैँसीलाई घाँस हालेर फर्कँदै गरेकी खड्कालाई खोलाले बगाएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार खड्काको शव घटनास्थलबाट दुई तीन फिट तल फेला परेको थियो । घटना सोमबार भए पनि राति अबेर मात्रै खबर प्राप्त भएकाले घटनास्थलमा आज बिहान मात्रै प्रहरी टोली पुगेको प्रहरी निरीक्षक काफ्लेले बताउनुभयो । </p>
दोलखामा घट्टे खोलाले बगाउदा एकको मृत्यु
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

