१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

सातौ राष्ट्रपति रनिङ्गसिल्ड प्रतियोगीताको तयारीको लागी समिति गठन

१२ माघ २०७२, मंगलवार १३:५२

माघ १२, वामी (गुल्मी) । जिल्ला खेलकुद बिकास समिति गुल्मीको आयोजनामा सम्पन्न हुन गइरहेको सातौ राष्ट्रपति रनिङ्गसिल्ड प्रतियोगीताको बारेमा कुर्घामा बैठक सम्पन्न भएको छ । खेलकुद बिकास समिति गुल्मीका सदस्य ज्ञानहरी सापकोटाको अध्यक्षता रहेको बैठकले प्रतियोगीता सम्पन्न गर्नको लागी जिल्ला खेलकुद बिकास समितिका सदस्य नविन कक्षपतिको संयोजकत्वमा ३६ सदस्यीय समितिको गठन गरिएको छ ।

जसको सदस्यहरुमा जिल्ला खेलकुद बिकास समितिका संयोजक ज्ञानहरी सापकोटा, बिद्यालय निरिक्षक जीवन खनाल, त्रिभुवन उमाबिका ब्यबस्थापन समिति अध्यक्ष खड्क बहादुर खड्का, वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति देविराम शर्मा, प्रहरी चौकी वामीका इन्चार्ज कृष्ण बहादुर बिक लगायत रहनुभएको छ । बैठकमा सदस्य चन्द्र राकसकोटी, वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति देबिराम शर्मा, त्रिभुवन उमाबि कुर्घाका प्राचार्य राम बहादुर थापा लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम माघ २२ र २३ गते कुर्घामा रहेको त्रिभुवन उमाबिमा क्षेत्र नम्बर एकको प्रतियोगीतात्मक छनौट कार्यक्रम सम्पन्न हुँदै छ । कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न गर्नको लागी आफुहरु दिनरात खट्निे समेत नवगठित समिितले बचनबद्धता ब्यक्त गरेको छ ।

-अनिश शर्मा गैरे बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव