<p><b>साउन २५, नुवाकोट । </b>घरको छाना भत्किएर ढुंगाले लाग्दा एक बालिकाको ज्यान गएको छ । <br></p><p>बिहीबार राति ककनी गाउँपालिका–७ चतुराले घरको छाना भत्किएर छानामा रहेको ढुंगाले लाग्दा विशाल दर्जीको ६ वर्षकी छोरी सरुको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।</p><p>विशालकी श्रीमती कोपिला र जेठी छोरी ८ वर्षकी सलिना भने घाइते भएका छन् । राति सुतिरहेको बेलामा छाना भत्किएको प्रहरीले जनाएको छ ।</p>
