२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर वृद्धिको विरोधमा मिर्चैयामा आन्दोलनको तयारी

२०७५, २६ श्रावण शनिबार ०७:०५

साउन २६,  सिरहा। मिर्चैया नगरपालिकाले गरेको कर बृद्धिको बिरोधमा आन्दोलनको तैयारी गरिएको छ । केहि दिनदेखि निरन्तर रुपमा भईरहेको मिर्चैया उद्योग बाणिज्य संघ, स्थानिय बिभिन्न राजनितिकदल र नागरिक समाज सम्मिलित बैठकले ३ बुँदे माँग राख्दै मिर्चैया नगरपालिकामा ज्ञापन पत्र बुझाउने निर्णय गरेका छन् । 


मिर्चैया नगरपालिकाले बृद्धि गरेको कर स्थगित गर्नुपर्ने, पुरानो कर पनि  संशोधन गरी लागु गर्नुपर्ने र नगरपालिका भित्रका सम्पुर्ण आर्थिक कारोबारको बिषयगत आय–ब्यायको बिबरण पारदर्शी गर्नुपर्ने माँग गर्दै यहि साउन २९ गते नगरपालिकामा ज्ञापन पत्र बुझाउने तयारी गरिएको छ । 

समयमा माँग सम्बोधन नगरीए चरणबद्ध आन्दोलनमा उत्रने तैयारीमा रहेको स्थनिय कांग्रेस नेता अरुण सिंहले चेताबनी दिएका हुन् । नगरपालिकाले मनोमानी ढंगले जनताको हित बिपरित गतिबिधि गरिरहेकाले त्यस्ता गतिबिधिको बिरोधमा ब्यापारी सडकमा उत्रने स्थानिय ब्यापारी रुकेश साहले बताए । 

यहि साउन २४ गते स्थानिय ब्यापारी, राजनितिकदल र नागरिक समाज सम्मिलित बैठक मिचैया ५ स्थित गुदरी बजारमा बसिरहेको अबस्थामा नगरपालिकका मेयरले उछृंखल युवाहरुलाई मंगाई समाजिक मुठभेड गराउन खोजेकोले त्यस्तो कार्यप्रति नगरबासीले घोर भत्र्सना गरेको एक बिज्ञप्ती जारी गरी जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी