Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा मालपोतको सेवा अनलाइनमार्फत सुरु

२०७५, २७ श्रावण आईतवार ११:५७

साउन २७, नुवाकोट | जिल्ला मालपोत कार्यालयले आजदेखि अनलाइनमार्फत सेवा दिन शुरु गरेको छ । 

कार्यालयबाट हुने गरेका सबै किसिमको कामलाई छिटोछरितो र सहज रुपमा सञ्चालन गर्न अनलाइन सेवा थालिएको हो । सेवा आरम्भ गर्दै भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक मुक्ति आचार्यले अनलाइनमार्फत सेवा प्रवाह गर्दा छिटोछरितोका साथै दोहोरो नपर्ने, जग्गा किनबेचको करमा एक रुपता हुने तथा कारोबारको सबै तथ्यांक प्रभावकारी हुने बताउनुभयो । 

जग्गाधनीले कुन जग्गा बेच्ने भनेर अनलाइनमै घरबाट फारम भर्न सक्ने भएकाले सेवाग्राहीलाई सहज हुने महानिर्देशक आचार्यले बताउनुभयो । उहाँले जग्गा बिचौलियाको कारण हुने विभिन्न समस्या अर्कैको जग्गा विक्री गरिदिने भनेर अर्को स्थानको जग्गा बेच्ने जस्ता काम गर्न नसकिने भएकाले सेवाग्राहीलाई अनलाइन सेवाले ठगिनबाट पनि बचाउने बताउनुभयो । 

जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले नयाँ प्रविधिलाई कार्यालयले भित्र्याएर राम्रो कामको शुरुवात गरेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी उद्धबहादुर थापाले मालपोत कार्यालयमा बिचौलियको चलखेल हुने गरेको गुनासो आउने गरेकामा अब अनलाइन सेवाले त्यस्तो हुन नदिने विश्वास व्यक्त गर्नुभयो । मालपोत कार्यालयका प्रमुख बुद्धिलाल श्रेष्ठले प्रविधिमार्फत सेवा उपलब्ध गराउँदै लैजाने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश