३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

पृथ्बी उमाबि बडागाँउ ६ मा आजबाट ज्ञान महायज्ञका शुरु

५ बैशाख २०७३, आईतवार १४:०५

बैशाख ५, वामी (गुल्मी) । पृथ्बी उमाबि बडागाँउ ६ मा आजबाट ज्ञान महायज्ञका शुरु भएको छ । बिद्यालयको भौतिक, आर्थिक सम्पन्नता तथा शैक्षिक गुणस्तरको लागी शुरु गरिएको महायत्रको प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्र नम्बर २ का सासँद चन्द्र भण्डारीले उद्घाटन गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सासँद भण्डारीले वामीटक्सारलाई नमुना शहर बनाउने बताउनुभएको छ । उहाँले मुसीकोट तथा बडागाँउ गाबिसलाई सबै बिकासका पुर्बधारहरुबाट पुर्ण गराउने बताउनुभयो । आफुले छोटो समयमै गुल्मीमा निकै बिकासका कामहरु गरेर देखाउने बताउनुभयो । सासंद भण्डारीले जनताको सेबा गर्नुनै आफ्नो सबैभन्दा ठुलो धर्म भएको भन्दै गुल्मी तथा क्षेत्र नम्बर २ शिक्षा स्वास्थ्य, खानेपानी लगायतका बिकासका पुर्बाधारहरुलाई प्रशस्त बनाउने बताउनुभयो ।

कार्यक्रममा सासँद भण्डारीले आफ्नो तलब भत्ता समेत जनताको छोराछोरीको लागी खर्च गरिरहेको बताउँदै पृथ्वी उमाबिको भौतिक तथा शैक्षिक बिकासको लागी १० लाख सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । साथ उहाँले अन्य आबश्यकताहरुमा पनि सहयोग गर्ने बताउनुभयो । फरक प्रसँगमा सासँद भण्डारीले बढिगाड नदिलाई लन्डनको थेम्स नदिमा जस्तै पुलै पलले ढाक्ने घोषणा गर्नुभयो । आफुले गरेको काममा गरेका अरुले जश लिने काम भइरहेको भन्दै उहाँले त्यस्ता भ्रमहरुमा बिश्वसा नगर्न आग्ह गर्नुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस गुल्मी कार्य समितिका सभापति भुवन प्रसाद श्रेष्ठ, बिद्यालयका पुर्ब प्रअ पृथ्वी बहादुर थापा, प्राचार्य चन्द्र बहादुृर पाण्डे, पण्डित राम चन्द्र तिमिल्सिना लगायतले आफ्नो धारण ब्यक्त गर्नुभएको थियो । भने नेपाली काङ्ग्रेस गुल्मी सचिब खिलध्वज पन्थी, महासमिति सदस्य शालिक पन्थी, जिल्ला सदस्य कल्पना घिमिरे, कौरब खत्री लगायत, शिक्षाप्रेमी, समाजसेबी, बुद्धिजिवि लगायतको उपस्थिती रहेको थियो ।

महायज्ञको पहिलो दिन आग ७० हजार बराबरको आर्थिक रकम संकलन भएको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद घिमिरेको अध्यक्षता रहेको कार्यक्रममा महायज्ञ मुल समारोह समितिका संयोजक हरि प्रसाद घिमिरेको स्वागत रहेको थियो भने समाजसेबी यादब अधिकारीको सञ्चालन रहेको थियो ।

– अनिश शर्मा गैरे बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’