2026-09-13 08:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

श्रीमतीको हत्या आरोपमा पक्राउ

भदौ २, लहान | श्रीमतीको हत्या गरी फरार रहेको आरोपमा प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिकाका एक युवकलाई पक्राउ गरेको छ । आफ्नै श्रीमती ३२ वर्षीया सोनितादेवी यादवलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेर फरार रहेको बरियारपट्टी गाउँपालिका–३ निवासी परमेश्वर यादवलाई प्रहरीले पक्राउ गरेको थियो । 

गत २०७५ जेठ २४ गते सोनिताको हत्या गरी परमेश्वर फरार भएको सूचनापश्चात् खोजतलाश गर्ने क्रममा घरमा बसिरहेको अवस्थामा प्रहरीले परमेश्वरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधव रिमालले जानकारी दिनुभयो । 

यसैगरी सिरहाको मिर्चैया नगरपालिका–३ स्थित राघोपुर सडकखण्डमा गत साउन २४ गते भएको रु २५ लाख ६० हजार लुटपाटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रनाउ रिमालका अनुसार पक्राउ पर्नेमा सिरहा नगरपालिका–१४ निवासी २२ वर्षीय कमलेशकुमार मण्डल र सिरहाकै विष्णुपुर गाउँपालिका–२ राजपुर निवासी २५ वर्षीय महेशकुमार यादव रहेका छन् । 

सिरहाको मिर्चैयास्थित ग्लोबल आइएमई बैंकबाट रकम उठाएर सिरहाकै कल्याणपुर नगरपालिकास्थित राजाराम सबमनि ट्रान्सफरका सञ्चालक कल्याणपुर नगरपालिका–११ निवासी राजाराम साह मोटरसाइकलमा जाँदै गर्दा गत साउन २४ गते दिउँसो दुई वटा मोटरसाइकलमा आएका चार जनाको समूहले पेस्तोल देखाई रकम लुटपाट गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन