२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियाको नयाँ श्रम ऐन, नयाँ रोजगार श्रृजना हुनेमा आशंका

२०७५, ३ भाद्र आईतवार ०८:३९

अर्जुन बराल,सोल । दक्षिण कोरिया सरकारले सन् २०१८ मा देखिएको युवा बेरोजगारदरलाई हजारौ नयाँ रोजगार श्रृजना गरेपनि न्युनिकरण गर्न कठिन भएको भन्दै नयाँ श्रम ऐन अतिरिक्त कार्यअबधि समयलाई अनिबार्य लागु गर्ने घोषणा गरेको छ भने नयाँ श्रम ऐन अनुसार ३०० भन्दा बढी श्रमिक भएका रोजगारदाताले अतिरिक्त घटाइएको कार्यअबधि साप्ताहिक ५२ घण्टालाई यहि जुन महिनादेखि नै परिपालन नगरेको खण्डमा रोजगारदातालाई दुईबर्षको कैद सँगै दुई मिलियन भन्दा बढी जरिवाना तोकेको छ ।

सरकारले नयाँ श्रम ऐनमा सबै रोजगारदातालाई सन् २०२१ को अन्त्यसम्ममा अतिरिक्त कार्यअबिधि साप्ताहिक ५२ घण्टामा सिमित गराई कार्य साझेदारी ऐनका आधारमा अत्यधिक नयाँ रोजगार श्रृजना गर्ने घोषणा गरेको छ ।

पानि जहाज निर्माता कम्पनि हुण्डाई हेभी ईन्ड्रस्टिज, लोट्टो शपिङ्ग महल लगाएतका ठुला रोजगार कम्पनिहरुमा अतिरिक्त कार्यअबिधिका कारण ब्यबस्थापन गर्न १५ मिनेट समयलाई थपघट गरिएको र नयाँ श्रम ऐनका बारेमा रोजगारदाताले सरकारले बेरोजगार न्युनिकरणका नाममा ल्याएको ऐनले आफुहरुलाई जबरजस्त कम्प्युटर शटडाउन गरेजस्तै अबस्था निम्तिएको बताएका छन् ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जे ईन ले निर्बाचनमा गरिएको प्रतिबद्धता अनुसार नयाँ रोजगार श्रृजना गर्न नयाँ ऐन ल्याईएको भएतापनि बेरोजगारदर लाई न्युनिकरण गर्न यो भन्दा अर्को उपाय नभएको जानकारीहरुले बताएपनि श्रम तथा रोजगार मन्त्री किम यङ् जु ले नयाँ ऐनको कार्यान्वयन सँगै दशहजार रोजगारी श्रृजना भएको र थप बीस हजार रोजगार थपिने क्रममा रहेको बताएका छन् । तर कोरियाको आर्थिक अनुसन्धान संस्थानले गरेको सर्बेक्षण अनुशार केवल २० प्रतिशत ले नयाँ श्रम ऐनले बेरोजगारदरलाई न्युनिकरण गर्न सक्ने अनुमान गरेका छन् ।

तर रोजगारदाताहरुले सरकारले अतिरिक्त कार्यअबधिको समयलाई घटाउँदैमा नयाँ रोजगार श्रृजना हुँने बिषयलाई मान्न तयार छैनन् भने लोट्टो कम्पनिले आफनो चार बिभागलाई समायोजन गर्नुको साथै सुपरमार्केटलाई एक घण्टा अगावै बन्द गराउने निर्णय सँगै सिओल सिनमोन नामक पत्रिकाले पनि  प्रत्येक शनिबारको अंकलाई अतिरित्त कार्यअबधिको ऐन अनुशार प्रकाशन गर्न बन्द गरेको छ ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा