२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ट्रेलियाबाट स्वेताको जन्मदिनमा माझी बस्तिको लागि योगदानको उदघोष

२०७५, ३ भाद्र आईतवार १२:१६

++अगस्ट १९, मेलबर्न । अस्ट्रेलिया निवासी पुरानो राष्ट्रिय गानका रचयिता चक्रपाणी चलिसेका नाती सुशिल चालिसे र उहाँकी धर्मपत्नी श्रीमती अनिता भण्डारी चालिसेले आफ्ना छोरीद्धय चार बर्षिया शायना चालिसे र एक बर्षिया समिका चालिसेको जन्मदिनको अबसरमा अस्ट्रेलियन डलर ५०० लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो ।


चालिसे दम्पतिले आफ्नी छोरी शायना चालिसेको पहिलो जन्मदिन मनाउँदा एक्सन वर्क नेपाल दोश्रो जन्मदिन मनाउँदा समाजसेवी दिक्षा चापागाईं आबद्ध हुनुभएको पबित्रा समाज नेपाल मार्फत सहयोग पुर्याएकोमा गत बर्ष भने जन्मदिन मनाउने दिनमा नै अर्की छोरी समिकाको जन्म भएकोले जन्मदिन मनाउन पाउनु भएको थिएन । दुबै छोरीको जन्मदिन एक्कै दिन परेकोले दुबै छोरीको जन्मदिन मनाउने क्रममा यो बर्ष ५०० डलर सामाजिक कार्यमा योगदान दिने निर्णय गरेको जानकारी गराउनु भएको थियो दुबै छोरीको जन्मदिन मनाउने क्रममा ।     


श्रेष्ठले देशमा आएको महाप्रलयकारी भूकम्प ब्यबस्थापन कार्यमा लाग्ने प्रण गरेकी नायिका स्वेता खड्काले स्व. श्रीकृष्ण श्रेष्ठको जन्म जिल्लाको एउटा सीमांकृत जाती माझी समुदायकी एउटी बुहारीको रुपमा “स्वेता-श्री फाउण्डेशन” को पहिलो उदेश्य भूकम्पले भत्काएको ‘माझी बस्ती’ निर्माण गर्ने उद्धेस्य अनुरुप सो समुदायको ५६ परिवारका ३७५ जनाको लागि करीब १७ रोपनी जग्गामा एकीकृत बस्ती बनाउने कार्यमा जुटिरहेकोले सो परियोजनामा केही इट्टा थप्न सहयोगी हुने किसिमले सो रकम स्वेता खड्का अमेरिकाबाट नेपाल फर्कने बित्तिक्कै हस्तान्तरण गरिने बताउनु भयो ।

सो समुदायमा १८४ महिला छन भने सो समुदायका १५% मात्रै साक्षर छन । निर्माणाधिन नमूना बस्ती बहुसंख्यक नेपालीको सरदर हैसियतभन्दा सुबिधायुक्त ब्यबस्थित बस्ती हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी