Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा विषालु सर्पको बिगबिगी बढ्दै

२०७५, ६ भाद्र बुधबार ०६:४४

भदौ ६, बर्दिवास | महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा विषालु सर्पको बिगबिगी निकै बढेको छ । 

जिल्लाका बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रमा सर्पदंशका घटना बढ्दैछन् । बर्दिवास—३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा भदौ शुरु भएयता पाँच दिनमा नैसर्पदंशका १३ बिरामी उपचार गरेर घर फर्किसकेको र पाँच जना अझै उपचारकै क्रममा छन् । यसअघि गत साउन मसान्तसम्म केन्द्रमा एक हजार ७१ ले उपचार लिएको अभिलेखले देखाएको छ । 

विसं २०७१ साउन ३१ गते स्थापना भएर सञ्चालन हुँदै आएको केन्द्रमा आर्थिक वर्ष २०७४÷०७५ सम्म सर्पदंशका एक हजार चार बिरामीले उपचार पाएका थिए । तीमध्ये आर्थिक वर्ष २०७१÷०७२ मा १६५, आव २०७२÷०७३ मा २७०, आव २०७३÷०७४ मा २७३ र आव २०७४÷०७५ मा २९६ जनाले उपचार लिएको अभिलेखलाई उद्धृत गर्दै सर्पदंश उपचार केन्द्र बर्दिवास–३ गौरीडाँडा व्यवस्थापन समितिका अध्यक्ष कृष्ण देवकोटाले जानकारी दिनुभयो । चालु आर्थिक वर्षको साउनमा ६७ जनाले उपचार लिएको तथ्याङ्क छ । जिल्लामा धेरैजसो गोमन र करेत जातका विषालु सर्पको बिगबिगी देखिएको केन्द्रले जनाएको छ । 

जिल्लाका बर्दिवास, गौशाला, औरही, भङ्गाहा र रामगोपालपुर नगरपालिका क्षेत्र सर्पदंशका घटना धेरै हुने ठाउँ देखिएका छन् । केन्द्र सञ्चालनमा आएदेखि गत साउन मसान्तसम्मको तथ्याङ्क हेर्दा बर्दिवास नगर क्षेत्रमा मात्रै सर्पदंशका ४७० घटना भएको देखिन्छ । त्यसैगरी गौशाला–१८७, औरही–१२९, भङ्गाहा–२६ र रामगोपालपुरका २४ जनाले केन्द्रबाट सफल उपचार पाएको अध्यक्ष देवकोटा बताउहुन्छ । महोत्तरीबाहेक अन्य छिमेकी जिल्लाबाट सर्पदंशको उपचार लिनेमा सिन्धुलीका १६७, धनुषाका ६६, सर्लाहीका आठ, रामेछापका तीन र सुनसरीका एक जना देखिएका छन् । 

सामाजिक पहलकदमीमा स्थापित र सञ्चालित केन्द्रमा नेपाली सेनाले उपचारमा संलग्न हुने दक्ष छ प्राविधिक उपलब्ध गराउँदै आएको छ । बितेका चार वर्षमा सर्पदंशका ३१ बिरामीलाई मात्र थप उपचारका लागि अन्यत्र सिफारिस गरिएबाहेक सबै उपचार पाएर घर फर्केको अध्यक्ष देवकोटाले जानकारी दिनुभयो । 

उपचार केन्द्रमा भेन्टिलेटर सुविधासहितको सघन उपचार कक्ष नहुँदा ढिलो उपचारमा आइपुग्ने केही बिरामीलाई अन्यत्र उपचारका लागि सिफारिस गरिँदा केही अप्रिय घटना भएको अध्यक्ष देवकोटाको भनाइ छ । केन्द्र र बर्दिवास अस्पतालको समन्वयमा अत्यावश्यक भेन्टिलेटर र अन्य उपचार उपकरणसहितको सघन उपचार कक्ष सञ्चालनको आवश्यकता सार्वजनिक रुपमा औंल्याइँदै आएको छ । सो व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण कैयौं पटक गराइए पनि हालसम्म उपलब्ध भने हुन नसकेको अध्यक्ष देवकोटाले बताउनुभयो । सो भेगका सर्वसाधारणले उपचार केन्द्रको स्तरोन्नतिका लागि सरकारी पहलकदमी बढ्नुपर्ने बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ