2026-09-19 01:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

ठूला उद्योग व्यवसायमा सहकारीले लगानी गर्नुपर्छ: मन्त्री ढुङ्गेल

भदौ ७, दोलखा | जलस्रोत र पर्यटकको हब मानिएको दोलखा पछिल्लो समय सहकारी हबको रुपमा विकास हुँदै आएको छ । 

जिल्लास्थित सफल सहकारी मिलिजुली साकोसले २५ वर्ष पार गरेको उपलक्ष्यमा आज यहाँ आयोजित रजत महोत्सव तथा भवन शिलान्यास समारोहमा प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले सहकारीले अब ठूला उद्योग व्यवसायमा समेत लगानी गरेर सरकारको तीन खम्बे नीतिलाई सफल बनाउनुपर्ने बताउनुभयो । 

सहकारीमा सुशासन र पारदर्शिता हेर्ने हो भने दोलखाको सहकारीको अध्ययन गर्नुपर्छ, उहाँले भन्नुभयो, “जिल्लाको दिगो विकासका लागि यहाँका सहकारीले लगानी विस्तार गर्नुपर्दछ ।” 

सो अवसरमा मन्त्री ढुङ्गेलले साकोसद्वारा प्रकाशित मिलिजुली स्मृति पुस्तकको पनि विमोचन गर्नुभयो । 

विसं २०६८ सालमा एक्सेस ब्राण्डका लागि प्रक्रिया शुरु गरेको मिलिजुलीलाई २०६९ सालमा राष्ट्रिय सहकारी बैङ्कले मध्यमाञ्चलको उत्कृष्ट सहकारी घोषणा तथा २०७१ मा नेफस्कुनले नेपालकै उत्कृष्ट सहकारी घोषणा गरेको थियो । 

त्यस्तै आर्थिक वर्ष २०७१÷२०७२ मा आन्तरिक राजश्व कार्यालयबाट उत्कृष्ट करदाताको सम्मान तथा २०७४ सालमा एक्सेसको ब्रोञ्च ब्राण्ड पाएको साकोसले अहिले सिलवर ब्राण्ड लिने तरखर गरिरहेको साकोसका अध्यक्ष नारायणबहादुर श्रेष्ठले जानकारी दिनुभयो । 

समारोहमा दोलखाका सहकारी अभियन्ताहरु यज्ञराज ढुङ्गले, डीबी बस्नेत र गोकुलध्वज कार्की, मिलिजुली साकोसका संस्थापक अध्यक्ष रामदास श्रेष्ठ तथा पूर्वअध्यक्ष गङ्गासागर श्रेष्ठ र कृष्णबहादुर दाहाललाई सम्मान गरिएको थियो । 

विसं २०५० भदौ ७ गते २५ जना शेयर सदस्यले स्थापना गरेको मिलिजुली साकोसमा अहिले बालबचत सहित झण्डै २५ हजार सदस्य, कूल वासलात रु ८६ करोड ५४ लाख ५४ हजार ६९२, शेयर पूँजी रु सात करोड १० लाख, बचत रु ५८ करोड ६७ लाख १ हजार ७७७ र ऋण लगानी रु ७१ करोड १९ लाख ५५ हजार ९७० रहेको मिलिजुली साकोसका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले जानकारी दिनुभयो । 

यसअघि मन्त्री ढुङ्गेलल साकोसको भवन शिलान्यास गर्नुभएको थियो । करीब रु ८ करोडको लगानीमा तीन वर्षभित्र पाँच तलाको भवन निर्माण गर्ने लक्ष्य लिएको साकोसको उपाध्यक्ष कृष्णबहादुर गौतमले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई