2026-10-15 02:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

उपचारमा सक्षम बन्दै मप अस्पताल, छिनिएको हातको सुर्खेतमै सफल शल्यक्रिया

भदौ ८, सुर्खेत । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतले एकपछि अर्को गर्दै उपचारमा सफल शल्यक्रिया गर्न थालेको छ । सामान्य प्रकृतिका विरामीहरुलाई उपचार गर्न नेपालगञ्ज पुग्नु पर्ने बाध्यताको अन्त्य गर्दै अस्पतालमा कार्यरत डाक्टरहरुले सुर्खेतमै गरेका जटिल प्रकृतिका शल्यक्रियाहरु सफल भएका छन् ।

सुर्खेतमा एक बिरामीको छिनालिएको हात जोडेर मप अस्पतालका डाक्टरहरुले नयाँ जीवन दिएका छन् । बारबर्दिया–४ गुरुवागाउँ बर्दिया घर भएका २४ वर्षिय रमेश थारु वीरेन्द्रनगरमा घर निर्माण गर्ने क्रममा छतबाट लडेका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत हाडजोर्नी विशेषज्ञ डा.मंगल रावल, डा.हरिहर देवकोटा, डा.रमेश भट्टराई र सुर्खेत अस्पतालका डा.हरि सापकोटाको टोलीले बिरामी थारुको छिनालिएको दायाँ हातको सफल शल्यक्रिया गरेर जोडेका छन् । थारुको साउन ३१ गते सुर्खेत एयरपोर्टस्थित घरको काम गर्ने क्रममा छतबाट खसेको टिनको पाताले दायाँ हात छिनालेको थियो ।

हात छिनालिँदा घटनास्थलमै उनको चार लिटर बढी रगत बगेको र तत्काल माया नर्सिङ् होममा प्राथमिक उपचारगरी क्षेत्रीय अस्पतालमा ल्याईएको डा. रावलले जानकारी दिए । ‘छिनालिएको हात जोडिनु पश्चिम नेपालमै ठूलो सफल शल्यक्रिया भएको डा.रावलले भनाई छ । यस्तो खाले जटिल शल्यक्रियामा कमै मान्छेको मात्र जीवन बचाउन सकिने भएकाले छिनालिएको हातबाट शरीरको अधिकतम् रगत बगिसकेको र सबै रक्तनलीका छिनिएकोले चूनौतिका बीचबाट यो शल्यक्रिया गरिएको बताए ।

‘हात छिनिएका थारुको शरिर कागजजस्तो सेतो भईसकेका थियो’ शल्यक्रियामा संलग्न डा.रमेश भट्टराईले भने, ‘सात पिन्ट रगत दिइएर उनलाई तत्काल शल्यक्रियामा गरेर नयाँ जीवन दिन सफल भएका छौं ।’ डा.हरिहर देवकोटाले बिरामी थारुले रगतसहित तुरुन्तै उपचार पाएर मात्र ज्यान जोगिएको जानकारी दिए । ‘नेपालगञ्जसम्म पु¥याउनु पर्ने भए थारुको बाटोमै ज्यान जान्थ्यो’ डा. देवकोटाले भने, ‘यदि यही अवस्था दुर्गममा भए बिरामीको अकालमा ज्यान जान्थ्यो । बिरामी जोगिनुमा चिकित्सक टोलीको ठूलो हात छ ।’ बिरामी थारुले गईसकेको जीवन फर्काउने चिकित्सकहरुलाई भगवानको उपमा दिएका छिन् । उनकी पत्नी २२ वर्षीय चन्द्रानी थारुले आफ्नो गरिब परिवारका निम्ति डाक्टरहरुले कहिल्यै नभूल्ने गुण लगाएको बताएकी छन् ।

मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा.डम्बर खड्काले नेपालको पहिलो फिस्टुला अस्पतालका रुपमा परिचित यस अस्पतालको चिकित्सक टोलीले सफलता हासिल गरेको जानकारी दिए । ईच्छाशक्ति र टोलीको साझा प्रयासले नसोचेको कुरा पनि हुँदो रहेछ’ उनले भने ‘अब कर्णालीका जनताले धेरै ठूलो खर्च गरेर नीजि अस्पताल धाउनु पर्दैन् । हामी नै जटिल प्रकृतिका विरामीहरुको सुर्खेतमै उपचार गर्न सक्षम छौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए