सडक निर्माणमा कांग्रेस सक्रिय

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

भदौ ११, दोलखा | यहाँको जिलु सडक अवरुद्ध भई जनताले दुःख पीडा भोगेकाले नेपाली कांग्रेस दोलखाको पहलमा सडक निर्माण शुरु गरिएको छ ।

काँग्रेस वडा समिति ४ को आह्वानमा जनता स्वस्फूर्त उपस्थिति भइ करीब ३० मिटर सडक आइतबारबाट गाडी गुड्न सक्ने गरी निर्माण गरेको काँगे्रस वडा नं ४ का सभापति दुर्गाप्रसाद चौलागाईले बताउनुभयो ।

दैनिक सयौँको सङ्ख्यामा सदरमुकाम चरिकोटमा तरकारी, चामल, दूध, दही बिक्री गर्न असजिलो भोगेका जनताको दुखकष्टलाई हेर्दै कोदालो घन, खैंती, हम्बर, बेल्चा बोकेर काँगे्रस सडक बनाउन निस्किएकाले जनता आफैँ जागेका छन् वडासभापति चौलागाईले भन्नुभयो ।

“वडा सरकारले बनाएको उपभोक्ता समितिले झारा टार्ने गरी जिलु सडक मर्मत गरी ठूलो पैसा हिनामिना गरेको आरोप जनताले लगाइरहेको अवस्थामा जनताको सेवामा काँगे्रस लागि परेको हो ।” तरुण दलका नेता भोजराज चौलागाईले भन्नुभयो ।

कांग्रेस जिल्ला कार्यसमिति सदस्य लोकशङ्कर चौलागाईले ढुङ्गा बोक्न आफ्नो ट्र्याक्टर, नेपाल ट्रेड युनियान काँग्रेस दोलखाका अध्यक्ष रामजीप्रसाद चौलागाईले बाटो सम्याउन आफ्नो जेसी भी, युवा नेता भोजराज चौलागाईले आफ्नो डोजर निःशुल्क प्रदान गरेपछि आइतबारबाट सडक गाडी गुड्ने गरी निर्माण गरेको काँगे्रस भीमेश्वर नगरपालिका उपसभापति मोतीप्रसाद चौलागाईले बताउनुभयो । रासस

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply