Skip to content
Friday, July 17, 2026 Nepali Online Media

महोत्तरीमा २८ जना पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>भदौ १५, गौशाला (रासस)</b> | विद्युत् चोरी गरेको आरोपमा प्रहरीले महोत्तरी जिल्लाको विभिन्न स्थानबाट गर्ने २८ जनालाई पक्राउ गरेको छ ।&nbsp;<br></p><p>जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार नेपाल विद्युत् प्राधिकरण जिल्ला शाखाको आग्रहमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रहरी टोलीले बिहीबार साँझ सदरमुकाम जलेश्वरसहित विभिन्न ठाउँमा हुकिङ गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरी ल्याइएको हो ।&nbsp;</p><p>पक्राऊ परेका व्यक्तिले प्राधिकरणमा जरिवाना बुझाएपछि उनीहरुलाई छाडिने बताइएको छ । प्राधिकरणले विद्युत नियन्त्रणका लागि विशेष अभियान चलाइरहेको जनाएको छ ।&nbsp;</p>