२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटका सबै स्थानीय तह पहिरोको उच्च जोखिममा

२०७५, १५ भाद्र शुक्रबार ०७:३९

भदौ १५, नुवाकोट | जिल्लाका १२ वटै स्थानीय तह पहिरोको उच्च जोखिममा रहेको पाइएको छ । विभिन्न विपद्मध्ये पहिरोका कारण हुने विपद्को घटनाबाट नुवाकोटका सबै स्थानीय तह उच्च जोखिममा रहेको प्रतिवेदन सार्वजनिक भएको हो । 

जिल्ला विपद् व्यवस्थापन समितिले सार्वजनिक गरेको ‘जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना’ मा जिल्लामा पहिरोको जोखिम उच्च रहेको उल्लेख गरिएको हो । दुई नगरपालिका र १० गाउँपालिकामा अध्ययन गरी सार्वजनिक गरिएको प्रतिवेदनमा पहिरो पहिलो स्थानमा रहेको छ । 

जिल्लामा सबै स्थानीय तहमा अध्ययन गर्दा पहिरोको समस्या उच्च रहेको देखिएको अध्ययनमा संलग्न इञ्जिनीयर रामकृष्ण राजभण्डारीले बताउनुभयो । पहिरोपछिको विपद्मा बाढी रहेको छ । बाढीको जोखिम पनि जिल्लामा धेरै रहेको केही वर्षका घटनाले देखाइरहेको छ । 

प्रतिवेदनमा जनावरको आतङ्क, आगलागी, सडक दुर्घटना, हुरीबतास, चट्याङ लगायतका विपद्का जोखिम रहेको उल्लेख गरिएको छ । स्थलगत अध्ययन, विगतमा भएको विपद्का घटना र जिल्ला प्रशासन कार्यालयमा आएका विपद्को घटनाका निवेदनको आधारमा नुवाकोटमा पहिरोको जोखिम धेरै रहेको देखिएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक उद्धवबहादुर थापाले बताउनुभयो । 

‘‘विपदहरुमा पहिरोको जोखिम बढी भनेर अन्य विपद्लाई बेवास्ता गर्नु हुँदैन । सबैखाले विपद्को जोखिमलाई न्यूनीकरण गर्न ध्यान दिनुपर्छ’’ उहाँले भन्नुभयो । विभिन्न सङ्घसंस्थाको सहयोगमा निर्माण गरिएको ‘जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना’ले जिल्लामा विपद् जोखिम न्यूनीकरण गराउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 

पहिरोले बढेर गएमा जिल्ल्लामा चार हजार २०० घरपरिवार प्रभावित हुने प्रतिवेदनमा उल्लेख गरिएको छ । तत्काल ४५० घर पहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रशासनका प्रशासकीय अधिकृत नन्दलाल शर्माले बताउनुभयो । पहिरोको कारण विपद् आएमा तत्काल उद्धार र राहतको लागि रु एक करोड ३४ लाख रकम आवश्यक पर्ने ‘जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना’ मा जनाइएको छ । 

पहिरोको कारण आफ्नो गाउँपालिकामा १३० घर जोखिममा परेको जिल्लाको किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले बताउनुभयो । जिल्लामा पहिरोको समस्या धेरै बढ्न थालेकाले यसको नियन्त्रणको लागि दीर्घकालीन योजना निर्माण गरी सबै स्थानीय तहले काम गर्नुपर्ने उहाँले बताउनुभयो । 

जिल्ला प्रशासन कार्यालयका अनुसार साउन महिनायता मात्र जिल्लामा पहिरो र बाढीको कारण करोडौंको क्षति भएको छ । पहिरोबाट एक जनाको मृत्यु भएको छ भने पहिरो र बाढीका कारण २१ घरमा क्षति भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय