2026-09-14 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पैसा तिर्न नसकेर अस्पतालमा बन्धक जस्तै बनाईएका बिक आज मुक्त

प्रेम सुनार | भदौ १५, बुटवल | कतिपय निजी श्रोतबाट सञ्चालित अस्पताल सञ्चालक समितिका अगुवाहरुले औपचारिक कार्यक्रममा भन्ने गर्दछन हामीले अस्पताल पैसा कमाउनका  लागि खोलेका होईनौं, जनतालाई स्वास्थ्य सेवा दिनका लागि खोलेका हौं ।  तर त्यस्ता गफ गर्ने अस्पताल सञ्चाकहरुका अस्पतालहरुमा  पैसा नभएको मान्छे छिरेर पिशाव फेर्न पनि गाह्रो छ । 

त्यसको ज्वालन्त उदाहरण हो  बुटवलस्थित जेनस हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिमा पैसा  उपचार गरेको रकम तिर्न नसकेर १५ महिना सम्म त्यही बन्धक जस्तै बनाईएका एक युवाको घटना । दाहिने खुट्टा भाँचिएपछि उपचारार्थ अस्पताल भर्ना भएका ती यु पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका गोपीगञ्जका २३ वर्षीय सुरज विक उपचार खर्च तिर्न नसकेर विगत १५ महिनादेखि अस्पतालमै बन्धक जस्तै भएर बसेका थिए ।

उपचार खर्च तिर्न नसकेर झण्डै १५ महिना अस्पतालमा बस्न बाध्य बनाइएका एक युवकलाई आज भने त्यस अस्पतालसँगको सहमति पछि घर फिर्ता पठाइएको छ । अस्पतालले उनको बिल मात्र रु १२ लाखभन्दा बढी बताएपछि उक्त रकम तिर्न नसक्दा सुरज घर फर्कन पाएका थिएनन् ।मोटरसाइकल दुर्घटना भएर चार ठाउँमा खुट्टा भाँचिएका सुरजको उपचारका लागि झण्डै ६ महिना लागे पनि त्यसपछि भने उपचार खर्च तिर्न नसकेपछि अस्पतालमै बस्नु परेको थियो । रकम तिर्न नसकेर युवक बन्धक बनेको जानकारी पाएपछि अस्पतालले २५ प्रतिशत सहुलियत छुट दिने सहमतिमा आज उनलाई मुक्त गरेको हो ।

ईलाका प्रशासन कार्यालय बुटवल, इलाका प्रहरी कार्यालय बुटवल, वडा नं ८ का प्रतिनिधि र अस्पताल प्रशासनबीच उपचार खर्च सहुलियत छुटबाहेक बाँकी रकम पुस मसान्तभित्र विभिन्न सङ्घसंस्थामार्फत जम्मा गरेर बुझाउने सातबुँदे सहमति भएको थियो ।सहमतिमा अस्पतालले २५ प्रतिशत रकम छुट गर्ने, फार्मेसी, क्यान्टिन, अस्पतालमा भएको खर्च रकम पुस मसान्तसम्ममा भुक्तानी गर्ने, विभिन्न सङ्घसंस्थाहरुबाट सहयोग सङ्कलन गर्ने, बिरामी विकलाई उनको बुबा भगवती र दाजु दीपकको रोहवरमा दिनेलगायतका सातबुँदे सहमति जनाईको छ । केहि दिन अघि पाप्ला प्रवास अस्पतालमा पनि  भर्ना हुने पैसा नभएर गुल्मीका एक विरामी वालकलाई माथी सरकारी अस्पताल मिशनमा लगेर भर्ना गर्नु परेको थियो । सरोकारवाला भन्छन निजी श्रोतका अधिकांस अस्पताल सेवाका लागि होईन मेवा’का लागि हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले