Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
September 1, 2018 रसुवा - RSW, समाज

रसुवामा करेन्ट लागेर एकको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>भदौ १६, रसुवा |</b> कामदारका रुपमा रहेका एक भारतीय नागरिकको करेन्ट लागेर शुक्रबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक राजेश सिग्देलका अनुसार मृत्यु हुनेमा भारत उडिसा केन्द्रपढाका करीब ४७ वर्षीय बचन रहेका छन् ।&nbsp;<br></p><p>उनी धुन्चे क्षेत्रमा केही वर्षदेखि प्लम्बरको काम गर्दै आएका थिए । एक घरमा पाइप जोड्ने क्रममा करेन्ट लागेपछि घाइते भएका उनलाई उपचारको लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको प्रहरी निरीक्षक सिग्देलले जानकारी दिनुभयो । रासस</p>