Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ति महिलाको चर्तिकलामा नारदको थुक निलाई

२०७५, १८ भाद्र सोमबार ११:४९

प्रेम सुनार (बुटवल) | एकले अर्कीको टाउँकोमा चार/पाँच जना महिलाहरु लहरै बसेर जुम्रा मार्दै थिए । नारदले उनिहरुको पछाडीको झाडीबाट लुकेर हेरी राखेको थियो । डोको र हँसिया एकातिर फालेका, लुगा पनि राम्ररी नसम्हालेका । बोली त झन लाजै मर्नु खालको थियो । उनिहरुको त्यो गाउँघरे भाषाको  रंगिन गफमा नारद थुक निल्दै रमाउनु-रमाई रहेको थियो ।

गाउँ-घरको लवाजमा श्रीमानलाई लौनी (लोग्ने) भन्दारैछन् । जथाभावी त्यही लौनीको कुरा काट्दै थिए । हाम्राँको मुर्दार राती अबेर आउँछ । हिजो राती निदाएकी रहेछु, त्यही बेलाँ मुर्दारले निद (निद्रा) बिगार्न मोरो, भन्दै थिए । ए.. बाय, मेरो पनि त त्यही चाल हो केर, हुन्तो साईली ?  भनेर कुरो थप्दै थिईन सुनले दाँत बाँनेकी अर्की महिलाले ।

फेरी अर्किले अलि पर रहेको हँसिया तानेर भुँई कोप्दै भनिन–‘ हेर तो बाय, हामी आईमाईहरुको जात पुनि गत्तिलो छैन । हिजो दिउँसै लौनीको आँखा छलेर बुर्तिबाङ्गमा एउटी आईमाईले नाठो कोठामा ल्याएर राखीछ बाय, लौनीले ढोका थुनेर पुलिस बोलाएछ ।’ 

फेरी अर्कीले भनिन् –‘लौनीहरु पनि त उस्तै हुन केरे, हुन्तो बाय ?  ठुलै मान्छे हो रे तो मुर्दार पुनि, चुनाव जितेर प्रधानपञ्च (वडाध्यक्ष ) भ’को मान्छे । घरमा उसको पनि स्वास्नी रहिछ । आईमाईलाई मात्र दोष दिने बिनास्वादै को ?’

त्यस पछि एक छिन सवै मौन भए । सवैलाई हँसियाको खाँचो पर्यो । केहि बेर सबै मौन-मौन हुँदै हँसियाले भुँई खन्न थाले । ठुल्ठुलै खाडल बनी सकेको थियो । त्यही बेलामा एउटीले पुरानो कुरा झिकिन् र भनिन–‘सुन्तो मनेकी आमा, म त्यस्तै पन्द्र सोर्ह बर्षकी हुँदी हुँ, मेलाँ गएर फर्किदै थेँ । त्यही बेलाँ कञ्चटे माईलो आउँदै रहिछ उताबाट ।

मुर्दारले समात्यो । मलाई पनि कस्तो-कस्तो लाग्यो र  एउटा हातले उसलाई हुन्नहुन्न भन्दै घुचाँडे, अर्को हातले पछाडी भुँईका ढुङ्गा पन्छाएँ, बिजाउँछ कि भनेर को हेर बाय । तो मुर्दार साईदो रै’छ हेर बाय, भ्याएरै छाड्यो । हेर तो बाय अहिले भए त बलात्कारको मुद्धा हाल्न पाईने रहेछ नि, हुन्तो ?’

फेरी अर्कीले पनि पुरानो मनको कुरा खोल्दै भनिन– ‘भनेर क्यार्नी हो र हेर बाय सानाँ पनि जाद्रै उत्ताउली थे गाँठे । फुपु कहाँ ग’कि थ्याँ । खान खाईम र सुत्न गईम । देईले भनिन त्यही मुल ओछेनाँ भाई सित सुत । त्यहाँडी म त्यही आठ बर्षको भाई  सित सुते ।

राती कस्तो-कस्तो लागेर भाईलाई चलाएँ । म मुर्दार नि’ले जे-जे गर्न मन लाग्छ सवै गर्न मरेँ हेर बाय । भाई जागेर पुनि निदाए जस्तो गरी रह्यो । साँच्ची सुन्न बाय, उसले पनि त वलात्कार गरिन भनेर मुद्धा हालेको भए मेरो के हालत हुँन्तो ? भन्तो ? 

फेरी अर्किले त्यहाँ नभएकी एउटी महिलाको गुन्यो धुन (कुरा काट्न ) थालिन । भनिन–‘ ठुली हुन्छे फलानी जैरी, लौनी विदेशाँ छ भनेर । लौनीले दु:ख गरेर पैसो पठा’छ केरे, कहि न’भाको स्कुटी चढेर हिड्छे । अँस्ती राती बारबजे तिर हाम्राकाँ गोसाँ र म पिशाप फेर्न बाहिर निस्कीदा राती स्कुटीमा बोकेर आउँदै थिए पाल्तीरको ठुल्केटालाई ।

हाम्राँका जुठिया बाउले भन्दै थे, के देख्नु परो होला । कमसेकम उप्रियाटा (माथी)  घरका मान्छेले देख्लान भन्ने लाज सरम हुन त पर्तो नि, हुन्तो कान्देही ?  त्यस पछि उनिहरु घाँस काट्न थाले । भारी पुराएर पनि हिडे । नारद पनि हिड्यो । त्यसको दोश्रो दिन बजार तिर छाँट्टिएर हिडेका उनिहरुलाई नारदले पछ्यायो ।

गाउँमा त्यस्ता टिपिकल भाषा प्रयोग गर्ने उनिहरुले हे बाबै बजारमा पुग्दा त बोली भाषाको टोन नै फरक । बिच-बिचमा ईङ्गिलस पनि मिसाएर बोल्दा रै’छन । हुन्तो ? भन्नेहरु हगी ? भन्दा रै’छन बजारमा । श्रीमानलाई त्यसरी कति बेला गोसाँ त कति बेला लौनी र हाम्राँका भन्नेहरु बजारमा पुगेपछि कसैले ड्याडी कसैले बाबा पो लगाउँदा रै’छन ।

उता आफ्ना बाबुलाई पनि बाबा यता छोरालाई पनि बाबा र श्रीमानलाई पनि बाबा । हेर्नु त ?  तिन वटा बाबा मध्ये एउटा बाबालाई बोलाउँदा संगै भएको बेला तिनै जना बाबा मलाई हो कि भनेर बोल्ने भएकी भएनन ? घराँ बासी कोदा रोटो टोके पनि पुग्नेहरु बजारका गनिन्दा होटलको मम चाउचाउ नभई नहुँदो रै’छ ।

ति मध्येका दुई वटीले त वियर पनि  पिउँदा रै’छन । राती पिराउँदी हुँदै खोई कुन चाँही पुरुषलाई हो कुन्नी भुजा लिईस्यो ? कहिले आईसिन्छ ? कति माया गरिसिन्छ ? कति  सम्झीस्न्छ ? यस्तै यस्तै दरवारिया भाषामा फोनमा गफ हान्दै थिए ।

आज गाई जात्राको दिन भएर होला हाँसो मजाक गरेको उनिहरुले । यस नारद पनि गाईजात्रे ब्याङ्ग हो । त्यही रुपमा बुझी दिनु हुन  आदरणीय पाठक महानुभावलाई अनुरोध सहित साधुवाद  …

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी