Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

करको वृद्धि गरेको भन्दै मिर्चैयामा विरोधमा प्रदर्शन

By kit 9 मिनेट पढाइ

पढ्न करिब 4 मिनेट लाग्छ
प्रकाशित:

भदौ १९, सिरहा। कर वृद्धि गरेको बिरोधमा मिर्चैयामा विरोध र्याली प्रदर्शन गरिएको छ । मिर्चैया नगरपालिकाले कर, राजस्व र एकिकृत सम्पतिमा वृद्धि गरेको कर दस्तुरको बिरोधमा संयुक्त संघर्ष समितिले आज (मंगलवार) मिर्चैयामा विशाल बिरोध र्याली प्रदर्शन गरेका छन् । मिर्चैया नगरपालिका बडा नं. ५ सलहेश चौकबाट निकालिएको बिरोध र्याली थाना चौक, कटारी चौक हुँदै नगरपालिकाको मुलगेट अगाडी कोण सभामा परिणत भएको थियो । र्यालीमा सहभागिहरुले “वृद्धि गरेको कर फिर्ता गर, भ्रष्टाचार बन्द गर, स्थानिय सरकार मुर्दाबाद लगायतका नाराबाजी गरेका थिए ।

कोण सभामा बोल्दै वक्ताहरुले माँग सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् । नेपाली कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादबले स्थानिय सरकारले बृद्धि गरेको करको बिरोधमा देशब्यापी आन्दोलनको आवश्यकत्ता रहेको औंल्याए । करको दायरालाई समायोजन गर्नुपर्न आवश्यत्ता रहेको समेत उनले स्पष्ट गरे । सभापति यादबले मिर्चैयाको आन्दोलनलाई एकेवद्धता समेत जनाएका छन् । कोणसभालाई सम्बोधन गर्दै उद्योग वाणिज्य संघ मिर्चैयाका सचिव भरत महासेठले नगरपालिकाले कर बृद्धि गरेर व्यापारी लगायत आमजनतालाई आर्थिक भारमा पारेकोले फिर्ता हुनु पर्ने जिकिर गरे । नेकपाका नेता प्रदिप महासेठले नगरपालिकाले कर बृद्धि गरेर ब्यापारी, मजदुर, किसानलाई ढाड सेक्नमा लागेको आरोप लगाए । बृद्धि गरेको कर संसोधन नगरे आन्दोलन जारी रहने दाबी गरे । कोणसभामा बोल्दै राजपाका नेता रामेश्वर यादबले नगरपालिकाको कामको खबरदारी गर्न तयार रहनु पर्ने बताए । बिभिन्न माँग राखेर नगरपालिकालाई बुझाईएको ज्ञापन पत्रको बेबास्ता गरेकोले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उनले बताए ।

समितिले साउन २९ गते कर बृद्धि फिर्ता लगायत बिभिन्न ८ बुँदे माँग राख्दै बुझाईएको ज्ञापनपत्रलाई नगरपालिकाले वेवास्ता गरेकोले ९ दिने आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । समितिले भदौ १९ गतेदेखि २७ गतेसम्मका लागि घोषणा गरेको आन्दोलनको पहिलो दिन आज बिरोध र्याली

प्रदर्शन गरेका छन् ।

आन्दोलन अन्तर्गत भदौ २० गते नगरपालिकाको मुलगेटमा धर्ना, २१ गते बडा नं. १ र २, २२ गते बडा नं. ३ र १२ को कार्यालय अगाडि धर्ना दिने कार्यक्रम घोषण गरेका छन् । त्यसैगरी भदौ २३ गते मिर्चैया गुदरी बजारमा बिरोध सभा, २४ गते बडा नं. ४, ५ र ६, २५ गते बडा नं. ७ र ८, २६ गते बडा नं. ९, २७ गते बडा नं. १० र ११ को कार्यालय अगाडी धर्ना दिने कार्यक्रम तय गरेका छन् ।

संघर्ष समितिले बुझाएका ज्ञापनपत्रमा हाल नगरपालिका लिईरहेको नयाँ कर, शुल्क र राजस्व पूर्ण रुपमा स्थगित गर्नुपर्ने, पुरानो कर पनि संशोधन पश्चात मात्र लागु गर्नुपर्ने, आ.व. २०७४÷०७५ को वडा र नगर स्तरीय योजनाहरुको लागत ईष्टिमेट सहित मुल्यांकन विवरण उपलब्ध गराउनुपर्ने, विभिन्न निकायबाट नगरपालिकामा दाखिला भएको आम्दानीको विवरण उपलब्ध गराउनुपर्ने, कोटेशन र सडक बोर्डको कार्यको विवरण उपलब्ध गराउनुपर्ने, आन्तरिक कोषबाट नियुक्ति गरिएका कर्मचारीको विवरण उपलब्ध गराउनुपर्ने, घटना दर्ता, मृत्यू दर्ता, विबाह दर्ता, बसाईसराई निःशुल्क हुनुपर्ने लगायतका माँग गरिएको छ ।

यता, नगरपालिकाका मेयर श्रबण कुमार यादबले सार्बजनिक सुचना जारी गरी आन्दोलनरत पक्षलाई बर्ताका लागि आहबान गरेका छन् । मेयर यादवले नगरपालिकामा कुनै किसिमको कर बृद्धि नगरिएको दाबी गर्नुहुँदै आफु निर्वा्चित नभएकै बेला देखि लिदै आएको कर अहिले पनि कायम रहेको बताउनुभयो । यद्यपी आन्दोलनरत संघर्ष समितिलाई वार्तामा बसेर समस्या समाधानको लागि पत्राचार समेत गरिसकेकोले छिटै समस्या समाधान हुने बताउनुभयो । नगरपालिकाले बार्ताका लागि गरेको आहबानलाई सकारात्मक रुपमा लिएको उद्योग वाणिज्य संघ लहानका उपाध्यक्ष अशोक कुमार साहले बताए । बार्ता र आन्दोलनसंगै लैजाने उनले स्पष्ट गरे ।

र्यालीमा नेपाली कांग्रेसका नेता अरुण सिंह, रमेश न्यौपाने, नेकपाका नेता जिबछ साह, राजपाका नेता अंजय साह, राप्रपा (राष्ट्रवादी) का नेता राम प्रताप साह (भोला), उद्योग वाणिज्य संघ लहानका उपाध्यक्ष अशोक कुमार साह लगायतका व्यापारी, नागरिक समाज, बुद्धिजिबी, बिभिन्न राजनितिक दलका नेता कार्यकर्ताहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।