पढ्न करिब 1 मिनेट लाग्छ

भदौ २०, धनुषा | धनुषामा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।

धनुषाधाम नगरपालिका वडा नम्बर ९ स्थित धारापानी भन्ने ठाउँमा मंगलबार बिहान ज ५ प ९०४६ नम्बरको सुजुकी मोटरसाईकललाई ना १ क ६१८९ नम्बरको ट्रिपरले ठक्कर दिन पुगेको थियो ।

मृत्यु हुनेमा अन्दाजी २७ वर्षीय र अर्का २९ वर्षीय युवक रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनीहरुको नाम र ठेगाना खुल्न बाँकी रहेको छ ।

दुर्घटनापछि दुवै युवकको शव क्षतविक्षत भएको प्रहरीले जनाएको छ ।

प्रहरीले मोटरसाईकललाई ठक्कर दिने ट्रिपर र ट्रिपर चालकलाई नियन्त्रणमा लिएको छ ।