2026-10-15 02:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

थुनुवालाई भेट्न जाँदा आफै पक्राउ !

भदौ २४, सुर्खेत | सुर्खेतमा शनिबार साँझ थुनुवालाई भेट्न गएका लालबहादुर बुढा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा थुनामा रहेका एक व्यक्तिलाई भेट्न गएका लालबहादुर बुढा पक्राउ परेका हुन् ।

चाउचाउको प्याकेट भित्र चुरोट राखेर बन्दीलाई दिन खोज्दा बुढा पक्राउ परेको प्रहरीले जनाएको छ । वीरेन्द्रनगर नगरपालिका–३ एरी चोकका बुढाले लागुऔषध मुद्दाका प्रतिवादी मिलन राना मगरलाई भेट्न भनि जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए । उनले थुनुवा रानालाई लगिदिएको कोशेली चाउचाउको प्याकेट भित्र चुरोट बरामद गरिएको सुर्खेत प्रहरी कार्यालयका डिएसपी एवम् प्रहरी प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिए ।  थुनुवालाई दिन ल्याएका प्रिती चाउचाउको पोकामा फोडेर हेर्दा १६ खिल्ली चुरोट बरामद भएको उनले जानकारी दिए । बुढालाई अनुसन्धानको लागि प्रहरी हिरासतमा राखिएको छ । 

यता, दैलेखमा चितुवाको छालासहित एक जना प्रकाउ परेका छन् । अछामको तुर्माखात गाउँपालिका–६ धमालिका १८ वर्षीय नवीन धमालालाई चितुवाको छालासहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिए । धमलालाई दैलेखको आठबिस नगरपालिका–२ राकम कर्णालीबाट पक्राउ गरिएको बताइएको छ । पक्राउ परेका धमालालाई अनुसन्धानका लागि जिल्ला वन कार्यालयमा बुझाउने तयारी भएको प्रमुख पोखरेले बताए ।  चिुवाको छालासहित शनिबार बिहान प्रकाउ परेको उनलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता