Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भारी लोडका सवारी चलाएर लिखु -४ ले सडक बिगारेको भन्दै स्थानीयद्वारा सडक अबरुद्ध

By साझासवाल 7 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

प्रज्वल पौडेल । भदौ २९, काठमाण्डौ । रामेछाप जिल्ला लिखु तामाकोशी गाउँपालिका २ सैपूमा स्थानीयले बिहीबारबाट सडक अवरुद्ध गरेका छन् । लिखु ४ जलविद्युत आयोजनालाई पटक-पटक बाटो मर्मत सम्भार गर्न अनुरोध गर्दा समेत बेवास्था गर्दै भारी लोडका मालबाहक सवारी साधन चलाएर बाटो बिगारेको भन्दै स्थानीयले वडा कार्यालयदेखि ढाँडेसम्मको सडकखण्ड अवरोध गरेका हुन् ।

बाटो खुलाउन शुक्रबार प्रहरी आएपनि आयोजनाले बाटो मर्मत नगरेसम्म सवारी संचालन गर्न नदिने अडान स्थानीयबासीले राखेपछि बार्ता असफल भएको स्थानीय राजन बस्‍नेतले जानकारी दिए । उनले भने- 'धोबी – सिरिसे – ढाँडे सडक एडिबीले बनाउदै गरेको र वर्षादका कारण सडक बिग्रिएपछि धोबी – दिलौरी- सडकबाट मालसामान ओसारपसार गर्दै आएका थिए ।'

सडकको अवस्था नाजुक हुँदा समेत जनप्रतिनिधी र लिखु जलविद्युतले चासो नदेखाएको स्थानीयले बताएका छन् । उनीहरुले खानेपानीको लाइन विगारेको र सडकमा नाला नखनिएकाले बस्ती नै जोखिममा पर्ने अबस्था आएपछि बाध्य भएर सडक अवरुद्ध गर्नुपरेको बताए । सडक अवरुद्ध भएपछी मालबाहक सवारी साधन सडकमा नै अलपत्र परेका छन् ।

'धोबी – सिरिसे – ढाँडे सडक भएर जाने भएपनि यस रुटबाट काठमाण्डौ आवतजावत गर्ने यात्रुबाहक बसलाई भने बिहीबार र शुक्रबार  स्थानीयले अवरोध गरेका छैनन् ।

यसैबीच धोबी–दिलौरी सैपु सडकखण्ड ६५ मिटर सडक ढलान गरेको महिना दिन नबित्दै भत्किन थालेको छ । उकालो सडक जोखिम ठाउँमा रहेकाले ढलान गरिएको भएपनि उक्त ढलान १ महिना नबित्दै चिरा पर्नुका साथै छेउको भागबाट भत्किन थालेको छ । डिभिजन सडक कार्यालय खुर्कोटसँग ६५ मिटर सडक ढलान गर्नका लागि १३ लाख रुपैयाँको ठेक्का आह्वान गरेकोमा  ७ लाख ३५ हजारमा सम्झौता गरेको दिनेश निर्माण सेवाले डल्ला परेको सिमेन्ट घनले फुटाएर सडकमा प्रयोग गरेको भन्दै यस सर्वत्र विरोध भएको थियो ।

ठेकेदारले मापदण्ड विपरीत कमसल निर्माण सामाग्री प्रयोग गरेको खुलासा भएपछि काम रोकिएको वडा अध्यक्ष पदमबहादुर तामाङले जानकारी दिए । उनले भने – 'सडकमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग (धोबी– दिलौरी सैपु सडकमा डल्ला परेको सिमेन्टले ढलान गरेको खुलासा)  पाइएपछि काम रोक्न डिभिजन कार्यालय र ठेकेदारलाई अनुरोध गर्यौ नभन्दै सडक निर्माण भइनसक्दै  भत्किन सुरु गरेको छ । यस्तो लापरबाही गर्ने ठेकेदारलाई कारबाहीको दायरामा हुनुपर्छ ।' सडक ढलानसँगै नाला निर्माण गर्नु पर्ने सम्झौता भए पनि नाला निर्माण नगर्नाले पनि वर्षादको पानीले बिगार्दै लगेको उनले बताए ।

रामेछाप र आेखलढुङ्गाको सिमाना भएर बग्ने लिखु नदीमा हाल लिखु -३ र लिखु-४ जलविद्युत आयोजना संचालनमा रहेका छन् । बर्षादको समयमा बाटो अबरुद्ध हुँदा ढुवानीमा समस्या हुन थालेको छ । जलविद्युत लगानी कम्पनी ग्रिन भेन्चरले सुरुमा १ सय २० मेगावाट डिजाइन गरेको भएपनि हाल घटाएर ५२ दशमलव ४ मेगावाट विद्युत उप्पादन गर्ने गरी काम सुरु भएको छ ।ओखलढुंगा रगनी तर्फको सुरुङ मार्ग निर्माण गर्नको लागि विष्फोटक पदार्थ मार्फत सुरुङ निर्माणको कार्य अगाडि बढिरहेको छ ।

तस्बिर/ राजन बस्‍नेतको सहयोगमा