पढ्न करिब 1 मिनेट लाग्छ
गणेश सिर्पाली/चैत्र–२१, रुकुम । रुकुम मुसिकोटमा रहेको त्रीभुवन जनता उच्च माविमा तत्काल अविभावक भेला बोलाई विद्यालय व्यवस्थापन समिति गठन गर्न ध्यानाकर्षण गराईएको छ । शनिबार जिल्ला स्थित विभिन्न राजनितिक दलहरुमा आवद्ध व्यक्तिहरुले विद्यालयमा ५ बुँदे ध्यानाकर्षण पत्र वुझाएका हुन् ।
प्राचार्य नियुक्तिको विवादलाई लिएर जिम्वेवार शिक्षक बाट गरिएका विभिन्न गैर जिम्वेवार क्रियाकलाप बाट शिक्षकको नैतिकता माथि गम्भीर प्रश्न चिन्ह खडा भएको भन्दै बिस्वसनिय आधार बनाउन सबै शिक्षकबाट लिखित सामुहिक प्रतिवद्धता जोहेर गर्न माग गरिएको छ । त्यस्तै विद्यालयमा चलिरहेको ट्युसन कक्षा शिक्षा ऐन नियमावली विपरीत भएकोले समयमै यसको व्यवस्थापन गर्न तथा विद्यालयको भौतिक सम्पती विवरण अविभावक भेला गरी पारदर्शी गराउन ध्यानाकर्षण गराईएको छ । जारी एसएलसी परिक्षामा कडाईगर्नै नाममा अनावस्यक हतोत्साहित पार्ने र कसैलाई जानीजानी चिट चोराउने जस्ता अनैतिक क्रियाकलाप रोक्न समेत माग गरीएको छ ।
नन्दु विष्ट, देवी ओली, गिरीप्रशाद वुढा, उपेन्द्रलाल कामी, मोहनलाल ओली, नरेन्द्र केसी, यज्ञबहादुर खड्का, रविलाल नेपाली र जगत बहादुर चन्द सहित ९ जनाको प्रतिनिधि मण्डलले ५ वँुदे ध्यानाकर्षण पत्र वुझाएको हो ।














