2026-07-25 06:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५० बर्षे पुरुषद्वारा १८ बर्षीयसंग एकोहोरो प्रेम: मध्यराति तेजाव छर्केर कुरुवा बसे

असोज ३, रौतहट । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ मा जादोलाल दासकी दुई छोरीमाथि मध्येराति घरमै सुतिरहेका दुई बेला तेजाब आक्रमण भयो । घटनाको विवरण अचम्म लाग्दो छ । 

अज्ञात व्यक्ति ढोका फोरेर दास परिवारको घरभित्र छिरेर १८ बर्षीया सम्झना दास र उनकी बहिनी १५ बर्षीया बहिनी सुस्मितालाई तेजाव छ्यापेर भाग्यो । घटना भएपछि एक जना छिमेकी आएर तेजाव छर्किएको जस्तो छ भन्दै थिए । उनि थिए रामबाबु पासवान । पासवानले नबताउनजेलसम्म के छ्यापिएको भन्ने थाहा समेत थिएन । पासवानकै सहयोगमा दुई दिदि-बहिनीलाई चपुर अस्पताल लगियो । तर त्यहाँ उपचार नहुने भएपछी कीर्तिपुर अस्पताल ल्याईयो । त्यहाँ पनि उनि कुरुवा बस्दै थिए । तर पछी थाहा भयो, एसिड छ्याप्ने अरु कोहि नभएर तिनै रामबाबु पासवान थिए । 

प्रहरीले पासवानलाई अस्पतालबाटै पक्राउ गर्यो । पछी थाहा भयो – पासवानले एकतर्फी प्रेममा परेर प्रेम प्रस्ताव अस्वीकार गरेपछि एसिड आक्रमण गरेका रहेछन् । मंगलबार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पत्रकार सम्मेलन गरेर रामबाबुलाई सार्वजनिक गरेको छ । अभियुक्त रामबाबुको उमेर ५० वर्ष छ । उनले १८ बर्षीय सम्झनालाई निरन्तर फोन गर्ने गरेको प्रहरीले जनाएको छ । घटना अघि उनले सम्झनालाई १५ दिनसम्म ११५ पटक फोन गरेका थिए । प्रहरीका अनुसार कल डिटेल हेर्दा सम्झनाले रामबाबुले गरेको फोन उठाएकि थिइनन् । 

२७ गते राति रामबाबु सम्झनाको घरमा छिरेर एसिड छ्यापेर भागेको प्रहरीले बताएको छ । उनले प्रेम प्रस्ताव स्वीकार नगरेको रिसमा तेजाब आक्रमण गरेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक