Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ चैत २३ गते, राति १०:२१ बजे
पश्चिमी रुकुम - RKM

रुकुमका मौरीपालक कृषकहरु संगठित

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

गणेश सिर्पाली/चैत्र–२४, रुकुम । रुकुममा पहिलो पटक मौरीपालक व्यवसायी महासँघ गठन गरिएको छ ।

जिल्लामा रहेका मौरीपालक व्यवसायीहरुको भेलाबाट ओम प्रकास खड्काको अध्यक्षतामा १३ सदस्यीय मौरीपालक व्यवसायी महासंघ गठन गरिएको हो ।

जस्को उपाध्यक्षमा शेरबहादुर केसी, सचिवमा नन्दराम केसी, सह सचिवमा अमर बटाला र कोषध्यक्षमा सम्झना विएम रहनुभएको छ । यसैविच नव गठित महासंघको पहिलो बैठक समेत सम्पन्न भएको छ ।

बैठकले जिल्ला माहासंघ लाई केन्द्रय महासंघमा आवद्धताको लागी पहल गर्ने, जिल्ला कृषि विकास कार्यलय र मौरी विकास साखा गोदावारी काठमान्डौमा मौरीपालक व्यवसायीका क्षमता विकासका लागी विभिन्न तालिमहरुको माग गर्ने निर्णय गरेको छ ।

त्यस्तै मौरी पालक व्यवसायीको हक अधिकारका लागी वकालत गर्ने र महासंघको नियमित बैठक आगामी बैशाख २ गते बस्ने निर्णय गरेको महा संघका उपाध्यक्ष शेरबहादुर केसीले जानकारी दिनुभयो ।