पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>असोज ३, बारा | </b>बारामा बुधबार दिउँसो जीप दुर्घटना हुँदा १२ भन्दा बढी घाइते भएका छन्। हेटौडाबाट पथलैयातर्फ आउँदै गरेको बा ५ च ५४५० नम्बरको जीप दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएकामध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। <br></p><p>घाइतेमध्ये ११ जनाको सिमरास्थित अल्पाईन अस्पताल र अन्यको वीरगञ्जमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जानकारी दिएको छ । मालसमान बोक्ने जीपले क्षमताभन्दा बढी यात्रु बोकेर आउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। </p>

