२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

राजनीति गर्नेलाई भन्दा काम गर्ने व्यवसायीलाई जिताउन रामेछापका निर्माण व्यवसायीको आग्रह

२०७५, ३ आश्विन बुधबार १५:२०

प्रज्वल पौडेल । असोज ३, काठमाण्डौँ । नेपाल निर्माण व्यवसायी महासंघको अधिवेशन तोकिएसँगै व्यवसायीहरुको दौडधुप सुरु भएको छ । २० औँ अधिवेशनमा नयाँ नेतृत्व चयन हुने भएकाले महासंघमा आवद्ध निर्माण व्यवसायीहरु अहिले चुनावको आन्तरिक तयारीमा जुटेका हुन् । 

यसैबीच रामेछाप निर्माण व्यवसायी संघले बुधबार राजधानीमा रामेछाप जिल्ला घर भई विभिन्न स्थानबाट व्यवसाय गर्दै आएका व्यवसायीबीच अन्तरक्रिया गरेको छ । संघका जिल्ला अध्यक्ष इन्द्र बहादुर तामाङको अध्यक्षतामा निर्माण व्यवसायीबीच अन्तरक्रिया भएको हो । 

कार्यक्रममा बोल्दै अध्यक्ष तामाङले रामेछाप जिल्ला घर भएका व्यवसायीलाई एउटै पदमा उम्मेद्वारी नदिन आग्रह गरेका छन् । उनले भने -' सहमति गरेर चुनावमा जानुहोला, एउटै पदमा उठ्दा मत बाडिने भएकाले अरु नै विजयी हुने संम्भावना हुन्छ, बसेर छलफल गरौ ।' उनले राजनीतिक आस्था जहाँ भएपनि सक्षम व्यक्तिलाई विजयी गराउनुपर्ने भएकाले व्यवसाय जहाँ सञ्चालन भएपनि रामेछापका व्यवसायी नेतृत्वमा आउनुपर्ने बताए । 


रामेछाप जिल्ला घर भएपनि व्यवसायी देशभरी छरिएर रहेकाले एक अर्काबीचमा परिचयको वातावरण हुने भएकाले कार्यक्रम आयोजना गरिएको  कार्यक्रम संचालक रामकुमार पाण्डेले बताए । उनले भने -'चुनावको समयमा सबै प्रतिनिधी काठमाण्डौँ आउनुभएकाले रामेछापका उम्मेद्बार विजयी गराउन र आगामी दिनमा पनि अगाडि बढ्न सहज हुने भएकाले यो कार्यक्रम राखिएको हो ।'

यसैगरी कार्यक्रमका अन्य वक्ताहरुले सरकारले अघि सारेको ‘समृद्ध नेपाल–सुखि नेपाली’को नारालाई साकार पार्न निर्माण व्यवसायीहरुको ठूलो भूमिका रहेको बताए । राज्य निर्माणमा व्यावसायीले प्रत्यक्ष सहयोग पुर्याउने भएकाले अहिले आएको कानुन व्यवहार सम्मत नभएको भन्दै तत्काल सच्चाउन समेत उनीहरुले आग्रह गरे । निर्माण व्यवसायीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन राज्यले दिए मात्र समयमा काम सम्पन्न हुने बताए । 


व्यवसायीहरुले ठूला र साना निर्माण व्यवसायीबीचको दुरीलाई मेटाएर व्यवसायलाई वैज्ञानिक प्रणालीको आधारमा काम गर्नुपर्ने धारणा राखे । उनीहरुले भने -' व्यक्ति को पदमा पुग्छ भन्दा पनि कस्तो नीति अवलम्बन हुन्छ यस तर्फ ध्यान दिन पर्छ ।  राजनीति गर्नेलाई भन्दा पनि काम गरिरहेको अनुभवी व्यक्तिलाई जिताए मात्र व्यवसायीको हितमा कार्य अगाडि बढ्छ ।'

असोज ५ र ६ गते हुने अधिवेशन प्रधानमन्त्री केपी शर्मा ओली विदेश जाने भएकाले ४ गते नै उद्घाटन गर्ने तयारी गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह