२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

नरेन्द्रदिल युवा समुहको ५ औं वार्षिकोत्सव

२०७३, २ बैशाख बिहीबार २१:१६

गणेश सिर्पाली/वैशाख ३, रुकुम । रुकुमको चुनवाङ ८ मा रहेको नरेन्द्रदिल युवा समुहले आफ्नो ५ औं वार्षिकोत्सव मनाएको छ । खेलकुद सहित विभिन्न कार्यक्रमको आयोजना गरी समुहले वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सवको अवसरमा वडा स्तरिय पुरुष तथा महिला भलिबल, एकल नृत्य, एकल गायन, लोक दोहोरी, महिला रस्साकसी र घैटोफोर प्रतियोगीता संचालन गरिएको थियो ।

जसमा पुरुष भलिबलमा २१ ओटा समुहले प्रतिस्पर्धा गरेकामा चिनारी मयुर युवा समुह चुनवाङ ६ विजेता, दोभान युवा समुह चुनवाङ १ उपविजेता, हामी जोसिला युवा समुह चौखावाङ ९ र भलाक्चा ३ को समुह शान्त्वना भएका छन् ।

प्रतियोगीताको विजेताले १५ हजार, उपविजेताले १० हजार र शान्त्वना हुने २ समुहले ५/५ हजार नगद र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै महिला भलिबलमा ६ समुहले प्रतिस्पर्धा गरेकामा दोभान युवा समुह चुनवाङ १ विजेता बनेको छ ।

मिलन युवा समुह चुनवाङ ९ उपविजेता बन्दा मेलमिलाप युवा समुह महत ९ र आयोजक समुहले शान्त्वना स्थान हासिल गरेका छन् । महिला भलिबलको विजेताले ८ हजार, उपविजेताले ५ हजार र शान्त्वनाले ३/३ हजार नगद र प्रमाण पाएका छन् ।

अन्य प्रतियोगीतामा स्थान हासिल गर्नेलाई पनि पुरस्कृत गरिएको छ । एक कार्यक्रमको आयोजना गरी विजयी प्रतियोगीहरुलाई पुरस्कृत गरिएको हो । समुहका अध्यक्ष गोविन्द मगरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन समुहका सल्लाहकार दिपक पुनले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !