३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

द्धन्दको उद्गमस्थल रुकुमवाट बेपत्ता छानविन आयोगमा कति उजुरी पर्लान ?

२ बैशाख २०७३, बिहीबार २१:१६

गणेश सिर्पाली/वैशाख ३, रुकुम । सरकारले गठन गरेको बेपत्ता छानबिन आयोगले १० वर्षे शसस्त्र संघर्षका पीडितहरुबाट सार्वजनिक रुपमा उजुरी लिन सुरु गरेको छ । देशभरका शान्ति समिति मार्फत पीडितले दिएका उजुरी संकलन सुरु गरिएको आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले जानकारी दिनुभयो ।

स्थानिय शान्ती समिति रुकुमले पनि जिल्लाका पिडितहरुलाई उजुरी दिन आग्रह गरेको छ । विहिवारबाट ६० दिन अर्थात २ महिना सम्म उजुरी संकलन गरिने भन्दै शान्ति समितिले पिडितहरुलाई उजुरी दिन आग्रह गरेको हो ।

शान्ति समिति रुकुमका सचिव राजु लामिछानेका अनुशार १ महिना भन्दा वढी समय वेपत्ता पारिएका तथा अहिले सम्म पनि वेपत्ता पारिएका व्यक्तिका परिवारले उजुरी दिन सक्ने छन् ।

शान्ति समितिको कार्यालयमा पुगेर एउटा फारम भरेर निशुल्क रुपमा उजुरी दिन सकिने सचिव लामिछानेले जानकारी दिनुभयो । वेपत्ता पारिएको फोटो लगाएतका प्रमाण भए त्यसलाई पनि साथमा ल्याउन शान्ति समितिले आग्रह गरेको छ ।

पीडितले आफुलाई परेको अन्याय बिरुद्ध निर्धक्क भएर उजुरी गर्न सक्ने लामिछानेको भनाई छ । कार्यालयमा जिल्लाबाट यसअघि भने वेपत्ता सम्वन्धीका कुनैपनि उजुरी नपरेको शान्ति समितिले जनाएको छ ।

उजुरी संकलन कार्यबाट दसवर्षे सशस्त्र संघर्षका समयमा कति मानिस बेपत्ता भएका भन्ने तथ्यांक आउने लक्ष राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’