२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

द्धन्दको उद्गमस्थल रुकुमवाट बेपत्ता छानविन आयोगमा कति उजुरी पर्लान ?

२०७३, २ बैशाख बिहीबार २१:१६

गणेश सिर्पाली/वैशाख ३, रुकुम । सरकारले गठन गरेको बेपत्ता छानबिन आयोगले १० वर्षे शसस्त्र संघर्षका पीडितहरुबाट सार्वजनिक रुपमा उजुरी लिन सुरु गरेको छ । देशभरका शान्ति समिति मार्फत पीडितले दिएका उजुरी संकलन सुरु गरिएको आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले जानकारी दिनुभयो ।

स्थानिय शान्ती समिति रुकुमले पनि जिल्लाका पिडितहरुलाई उजुरी दिन आग्रह गरेको छ । विहिवारबाट ६० दिन अर्थात २ महिना सम्म उजुरी संकलन गरिने भन्दै शान्ति समितिले पिडितहरुलाई उजुरी दिन आग्रह गरेको हो ।

शान्ति समिति रुकुमका सचिव राजु लामिछानेका अनुशार १ महिना भन्दा वढी समय वेपत्ता पारिएका तथा अहिले सम्म पनि वेपत्ता पारिएका व्यक्तिका परिवारले उजुरी दिन सक्ने छन् ।

शान्ति समितिको कार्यालयमा पुगेर एउटा फारम भरेर निशुल्क रुपमा उजुरी दिन सकिने सचिव लामिछानेले जानकारी दिनुभयो । वेपत्ता पारिएको फोटो लगाएतका प्रमाण भए त्यसलाई पनि साथमा ल्याउन शान्ति समितिले आग्रह गरेको छ ।

पीडितले आफुलाई परेको अन्याय बिरुद्ध निर्धक्क भएर उजुरी गर्न सक्ने लामिछानेको भनाई छ । कार्यालयमा जिल्लाबाट यसअघि भने वेपत्ता सम्वन्धीका कुनैपनि उजुरी नपरेको शान्ति समितिले जनाएको छ ।

उजुरी संकलन कार्यबाट दसवर्षे सशस्त्र संघर्षका समयमा कति मानिस बेपत्ता भएका भन्ने तथ्यांक आउने लक्ष राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !